तीन महिनाभित्र विद्युतीय राहदानी जारी गर्ने तयारी, चिप्ससहित हालको राहदानी भन्दा गुणस्तरीय हुने

  • Technology Khabar | ५ आश्विन २०७८, मंगलवार
तीन महिनाभित्र विद्युतीय राहदानी जारी गर्ने तयारी, चिप्ससहित हालको राहदानी भन्दा गुणस्तरीय हुने

काठमाडौं ।

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहादानी विभागले अत्यावश्यक नभएमा हाल राहदानी नबनाउन सबैसँग आग्रह गरेको छ।

विभागले आगामी ३ महिनाभित्र विद्युतीय राहदानी जारी गर्ने तयारी गरिरहेको भन्दै हाल अत्यावश्यक नभएको अवस्थामा राहदानी नबनाउन भनेको हो।

विभागले हालको राहदानी भन्दा अत्याधुनिक र गुणस्तरीय राहदानी उपलब्ध हुनेहुँदा सेवाग्राहीहरुलाई सोहिअनुसारको जानकारी र सुझाब दिन जिल्ला प्रशासन तथा ईलाका प्रशासन कार्यालयहरुलाई भनेको छ।

विभागले तीन महिनाभित्रै विद्युतीय राहदानी जारी गर्ने बताएको छ । नयाँ राहदानी आएसँगै सम्बन्धित कार्यालयबाट प्रत्यक्ष दर्तामार्फत राहदानीका लागि आवेदन दिन सकिने भएकोले प्रभावकारी ढुवानी सेवा सञ्चालन गरी सात दिनभित्रै जिल्लाबाटै सेवाग्राहीले राहदानी प्राप्त गर्न सक्नेछन्।

अहिलेकै शुल्कमा सेवाग्राहीहरुले विद्युतीय चिप्स सहितको हालको भन्दा धेरै गुणस्तरीय विद्युतीय राहदानी प्राप्त गर्न सकिने भन्दै विभागले अतिआवश्यक नपरी राहदानी बनाउन आग्रह गरेको हो।

जिल्ला एवं इलाका प्रशासन कार्यालयमार्फत फाराम संकलन गर्न र शीघ्र राहदानी ढुवानी हुलाक सेवा विभागमार्फत गर्ने व्यवस्था मिलाइएको भन्दै विभागले ९ दिनभित्र राहादानी तयार गरी पठाउने बताएको छ।

यसैगरी द्रूत सेवामार्फत राहदानी प्राप्तिका लागि विभागमा आइरहनु नपर्ने समेत बताएको छ।

प्रकाशित: ५ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...