एन्ड्रोइड प्रयोगकर्ताले यी पाँच कारणले गर्दा अस्वीकार गर्छन् आईफोन १३

  • Technology Khabar | ५ आश्विन २०७८, मंगलवार
एन्ड्रोइड प्रयोगकर्ताले यी पाँच कारणले गर्दा अस्वीकार गर्छन् आईफोन १३

काठमाडौं ।

एप्पलको फ्ल्यागशिप फोन आईफोन १३ भर्खरै सार्वजनिक भएको छ। सार्वजनिक भएकपछि यसका बारेमा थुप्रै सकारात्मक तथा नकारात्मक वा मिश्रित प्रकारका रिपोर्टहरु बाहिरिइरहेका छन्।

अहिले प्रि-सेलको अवस्थामा रहेको यो डिभाइस दशो लाख थान बिक्री भइसकेको छ। तर एप्पल अझै नयाँ यूजरहरु बढाउने प्रयासमा भने लागिपरिरहेको छ।

हालसालै आएको र तीव्र चर्चामा रहेको भए पनि यसलाई फ्ल्यागशिप फोन मान्न नसकिने र यसको कारणमा यसमा केही आधारभूत फिचरहरु नराखिएको भन्ने केही जानकारहरुको भनाइ छ।

यिनै कारणहरुले गर्दा अझै पनि थुप्रै एन्ड्रोइड यूजरहरुले आईफोन १३ लाई स्वीकार नगर्ने प्रविधि वृत्तमा चर्चा चलिरहेको छ।

के हुन् त ती कारणहरु?

१. आईफोन १३ सिरिजको डिस्प्ले

आईफोन १३ सिरिज अन्य भेरियन्टहरुमा झैं राम्रो डिस्प्लेसहित आउँछ। यसको ओएलईडी स्क्रीन उद्योगकै उत्कृष्टमध्येमा पर्छ। १२० हर्ज प्रोमोशन स्क्रीन प्रविधि प्रयोग भएकाले चम्किलो प्रकाशमा पनि यिनीहरुको प्रदर्शन राम्रो हुन्छ।

तर एन्ड्रोइड यूजरले आईफोन एक्सदेखि समस्या देख्न थालेका हुन्। एप्पलले ‌५ जेनेरेशनका ओएलईडी स्क्रीन प्रयोग गरे पनि यी डिस्प्लेले एन्ड्रोइड यूजरले खोजेजस्तो स्क्रीन क्लक, ब्याट्री तथा नोटिफिकेशनजस्ता फिचरहरु सपोर्ट गर्दैन।

२. चार्जिङ पावर र वायरलेस रिभर्स चार्जिङ नहुनु

एन्ड्रोइड यूजरले पहिलेदेखि नै उच्च चार्जिङ पावर तथा वायरलेस रिभर्स चार्जिङ प्रविधि प्रयोग गरिसकेका छन्। तर आईफोनमा यी प्रविधि छिट्टै आउने छाँटकाट छैन। हालसम्म एन्ड्रोइडमा १२० वाटसम्मको चार्जिङ पावर उपलब्ध छ।

यसबाहेक ५० वाट वायरलेस फास्ट चार्जिङ र १० वाटसम्मको वायरलेस रिभर्स चार्जिङको सुविधा पनि लिइरहेका छन्।

तर आईफोन १३ मा भने टप भेरियन्टमा २० वाटको वायर्ड फास्ट चार्जिङ छ भने यसले १५ वाटको म्यागसेफ वायरलेस चार्जिङ तथा ७.५ वाट क्यूआई म्याग्नेटिक फास्ट चार्जिङ सुविधामात्र छ भने रिभर्स चार्जिङको नामनिशाना छैन।

३. अनस्क्रीन फिंगरप्रिन्ट सेन्सर नहुनु

एप्पलले कोरोना महामारी शुरु हुनुभन्दा अघिसम्म आफ्नो फेसआईडीलाई नै बढी प्राथमिकता दिँदै आएको थियो। अहिले भने मास्क लगाएर हिँड्नुपर्ने भएकाले फेसआईडी त्यति उपयुक्त देखिँदैन। यस्तोमा आईफोन १३ मा फिंगरप्रिन्ट सेन्सर दिइएको छैन जसका कारण मानिसहरुले फोन अनलक गर्नका लागि फेसआईडीकै भर पर्नुपर्ने हुन्छ।

४. यूएसबी टाइप-सी इन्टरफेसको कमी

हालसम्म एप्पलले आईफोनहरुमा यूएसबी चार्जिङ पोर्ट दिएको छैन। यसले आईफोनलाई अलिक पृथक देखाए पनि प्रयोगका हिसाबले भने असहज पनि महसुस हुन सक्छ।

केही समयअघि आईफोन १३ मा यूएसबी टाइप-सी इन्टरफेस दिइने चर्चा चले पनि यसमा एप्पलकै परम्परागत लाइटनिङ इन्टरफेस दिइएको छ। यो प्रवृत्ति एप्पलले छिट्टै परिवर्तन गर्ने संकेत पनि छैन।

त्यसमाथि एप्पलले बक्समा चार्जर पनि राखेको छैन। यूजरले आईफोन १३ किनेपछि फेरि छुट्टै चार्जर पनि किन्नुपर्ने हुन्छ। यो एन्ड्रोइड यूजरका लागि अलि अनोठो हुनसक्ने आकलन गरिएको हो।

५. नच डिजाइन

सन् २०१७ मा आइफोन एक्स सार्वजनिक भएयता एप्पलले एउटै डिजाइनको प्रयोग गर्दै आइरहेको छ। डिजाइनका हिसाबले हेर्दा एन्ड्रोइड यूजरले आईफोनको नच मन नपराउन सक्ने सम्भावन प्रबल छ। एप्पल डिजाइनका मामलामा त्यति सिर्जनशील हुन नसकेको आभास हुन्छ।

आईफोन १३ को नचको साइज २० प्रतिशत घटाइए पनि पन्च होल वा अन्डरस्क्रीन प्रविधिले स्मार्टफोनलाई अझ आकर्षक बनाउने एन्ड्रोइड यूजरहरुको भनाइ छ।

कम्पनीले आईफोन १४ मा नचको सट्टा अन्डर डिस्प्ले प्रविधि प्रयोग गर्ने बताइए पनि हालिसम्मका लागि पुरानै प्रविधले निरन्तरता पाइरहेको छ।

प्रकाशित: ५ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार