दुई ओटा फोल्डेबल आईफोनमा काम गर्दै एप्पल, २०२३ मा सार्वजनिक हुने

  • Technology Khabar | ४ आश्विन २०७८, सोमबार
दुई ओटा फोल्डेबल आईफोनमा काम गर्दै एप्पल, २०२३ मा सार्वजनिक हुने
सांकेतिक तस्बिर

काठमाडौं ।

एप्पलले हाल आफ्ना दुई ओटा फोल्डेबल फोनमा काम गरिरहेको बताइएको छ। सामसङभन्दा पछाडि परिरहेको फोल्डेबल डिभाइसको क्षेत्रमा प्रतिस्पर्धामा आउने हिसाबले एप्पलले काम गरिरहेको बुझिएको हो।

तर एप्पलको फोल्डिङ डिभाइस सन् २०२३ यता भने बजारमा नआउने बुझिएको छ।

विशेष स्रोतहरुले यो वर्ष फ्लेक्सिबल डिस्प्लेयुक्त डिभाइस उपलब्ध हुने बताइरहँदा सामसङ ग्यालेक्सी जेड फोल्ड तथा ग्यालेक्सी जेड फ्लिपजस्तै देखिने दुई ओटा डिभाइसको विकासमा लागिरहेको बुझिएको छ।

एप्पलसँग हाल ७.५ इन्चको पातलो बेजलयुक्त डिस्प्लेको प्रोटोटाइप रहेकोमा डिभाइस आउने बेलासम्म नयाँ प्रकारको ओएलईडी डिस्प्ले आउन सक्ने अपेक्षा गरिएको छ।

यसैबीच मिङ चि कुओले फोल्डेबल आईफोन २०२३ मा आउने र सामसङ डिस्प्लेले उक्त डिभाइसका लागि ८ इन्चको ओएलईडी डिस्प्ले उपलब्ध गराउने बताएका छन्।

प्रकाशित: ४ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार