प्रोजेक्ट तारा अन्तर्गत हावामा भएको प्रकाशका किरणमार्फत् अफ्रिकामा उच्च गतिको इन्टरनेट

  • Technology Khabar | ४ आश्विन २०७८, सोमबार
प्रोजेक्ट तारा अन्तर्गत हावामा भएको प्रकाशका किरणमार्फत् अफ्रिकामा उच्च गतिको इन्टरनेट

काठमाडौं ।

हालै कंगो नदीको आरपार हावामा रहेको प्रकाशका माध्यमबाट उच्च गतिको इन्टरनेट प्रदान गर्ने परीक्षण सफल भएको छ।

यसमार्फत त्यस क्षेत्रमा रहेको ब्राजाभिल्ले तथा किन्शासा शहरका सर्वसाधारणले सस्तोमा उच्च गतिको ब्रोडब्याड कनेक्शनको सुविधा पाउने भएका छन्।

प्रोजेक्ट तारा पहिले गुगल एक्सका नामले चिनिने अल्फाबेट इंकको तथाकथित चन्द्रमामा यान पठाउने परियोजना अन्तर्गतको हो।

यो प्रोजेक्ट लून का नामबाट अगाडि बढ्यो जुन समताप मन्डल अर्थात् स्ट्राटोस्फियरमा बेलुनका माध्यमबाट ब्रोडब्यान्ड इन्टरनेट दिने उद्देश्यले ल्याइएको थियो।

हालैको प्रयोग दुई अफ्रिकी शहर गणतन्त्र कंगोको ब्राजाभिल्ले तथा प्रजातान्त्रिक गणतन्त्र कंगोको किन्शासा बीच रहेको ‘कनेक्टिभिटी ग्याप’ लाई पूरा गरेको परियोजनाको टोलीले ब्लगमा लेखेको छ।

यी शहरहरु एक आपसमा ३ माइलको दूरीमा रहेका भए पनि बीचमा नदी पर्ने भएकाले परम्परागत केबल बिछ्याउँदा ब्रोडब्यान्ड इन्टरनेटको मूल्य पाँच गुणा पर्न जाने समस्या रहेको थियो।

यसलाई प्राविधिक हिसाबले वायरलेस अप्टिकल कम्युनिकेशन अर्थात् डब्लूओसी नाम भएको यो प्रविधिमार्फत् २० दिनमा ७०० टेराबाइट डाटा ९९.९ प्रतिशत उपलब्धताका हिसाबले प्रदान गरिएको गुगल एक्सको टिमले जनाएको छ।

प्रकाशित: ४ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार