स्टारलिंकको स्याटेलाइट इन्टरनेट नेटवर्क ‘बीटा’ चरणबाट बाहिर आउने

  • Technology Khabar | ४ आश्विन २०७८, सोमबार
स्टारलिंकको स्याटेलाइट इन्टरनेट नेटवर्क ‘बीटा’ चरणबाट बाहिर आउने

काठमाडौं ।

स्पेसएक्सका सीईओ इलन मस्कले कम्पनीको स्टारलिंक स्याटेलाइट (भूउपग्रह) इन्टरनेट नेटवर्क अर्को महिना यसको खुला बीटा चरणबाट बाहिर आउने शुक्रबार जानकारी दिएका छन्। मस्कले ट्वीट गर्दै बीटा परीक्षणको चरण पुरा हुने बताए।

मस्कले मोबाइल वर्ल्ड कांग्रेसमा दिएको अगस्टको मिति भन्दा दुई महिना पछि हो। त्यसबेला उनले यो सेवामा सम्भवतः १२ महिना भित्र ५ लाख भन्दा बढी प्रयोगकर्ताहरु हुने अपेक्षा गरेका थिए।

स्टारलिंक प्रणालीले लो अर्थ अर्बिटमा लगभग १२,००० स्याटेलाइटहरुको एक कन्स्टलेसन स्थापना गर्दछ जसमार्फत लगातार ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध हुनेछ।

एक टर्मिनलको शुल्क ४९९ अमेरिकी डलर छ भने सेवाको लागी मासिकरुपमा ९९ डलर भुक्तानी गर्नुपर्नेछ।

यसले अक्टोबर २०२० मा आफ्नो सार्वजनिक बीटा परीक्षण खोलेको थियो, र मस्कले अगस्टमा स्पेसएक्सले १,००,००० स्टारलिंक टर्मिनल सिपमेन्ट गरेको बताएका थिए। जसमा एक स्याटेलाइट डिश र एक वाईफाई राउटर, १४ देशहरुमा रहेका प्रयोगकर्ताहरुलाई पठाइएको थियो।

जसै बीटा परीक्षण समाप्त हुन्छ त्यसपछि धेरै देशहरुले स्टारलिंकमा पहुँच प्राप्त गर्न सक्षम हुनेछन् । यसका साथमा अहिलेको १ लाख प्रयोगकर्ताको संख्या बढ्ने सम्भावना छ । यद्यपि मस्कले भविष्यवाणी गरेको आधा करोड अंक कहिलेसम्म पुग्न सक्छ भनेर भन्न गाह्रो छ।

स्टारलिंकको इन्टरनेट सेवा अन्य ग्राहकहरु बीच विश्वभरका ग्रामीण क्षेत्रहरुमा रहेका उपभोक्ताहरुलाई सिधै बेच्ने योजना छ । यसको सेवामा  १०० एमबीपीएस डाउनलोड र २० एमबीपीएस अपलोड गति हुने दाबी गरिएको छ। एजेन्सी

प्रकाशित: ४ आश्विन २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...