शाओमी नेपालले ल्यायो रेडमी १० प्राइम, बजेट मूल्यमा कन्टेन्ट क्रिएटर र स्ट्रिमिङ्ग गर्नेलाई उपयोगी

  • Technology Khabar | ३ आश्विन २०७८, आईतवार
शाओमी नेपालले ल्यायो रेडमी १० प्राइम, बजेट मूल्यमा कन्टेन्ट क्रिएटर र स्ट्रिमिङ्ग गर्नेलाई उपयोगी

काठमाडौं ।

शाओमी, ग्लोबल टेक्नोलोजी लीडरले आज आफ्नो पहिलो ५० एमपीको स्मार्टफोन रेडमी १० प्राइमको साथमा रेडमी इयरबड्स ३ प्रो नेपालमा लन्च गरेको छ ।

अपेक्षा गरेको भन्दा बढी प्रदर्शन प्रदान गर्ने रेडमी १० प्राइम मिडियाटेक हेलियो जी ८८ चिपसेटको साथ बजारमा भित्रिएको छ । यसले प्रभावशाली ९० हट्र्जको ६.५ इन्चको एफएचडी प्लस एडप्टिभ सिन्क डिस्प्लेको प्रस्तुत गर्दछ । पातलो डिजाइनको साथमा यो शक्तिशाली ६००० एमएएचको दुई दिने ब्याट्रीको साथ उपलब्ध छ ।

यो उपकरण मेमोरी एक्सटेन्सन सुविधाको साथ उपलब्ध छ जसले प्रयोगकर्ताहरुलाई अस्थायी रूपमा २ जीबी सम्मको र्याम उनीहरुको स्मार्टफोन स्टोरेजमा स्टोर गर्न मद्दत गर्दछ र सहज कार्यक्षमता र वृद्धि प्रदर्शनको सुविधा प्रस्तुत गर्दछ । शक्ति र रचनात्मकतालाई ध्यानमा राखेर डिजाइन गरीएको यो उपकरणले कन्टेन्ट क्रिएटर, स्ट्रिमिङ्ग गर्ने उत्साहीहरु, विद्यार्थीहरु, र मोबाइल गेमरहरु सबैको लागी एक उच्च अनुभव प्रदान गर्दछ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “विगत सात बर्षदेखि रेडमीले लगातार प्रवृत्तिहरु सेट गरी रहेको छ र आफ्नो स्मार्टफोनको साथमा उद्योगको बेन्चमार्कलाई पार गरेको छ । रेडमी प्रति रहेको ग्राहकहरुको विश्वासले टीमलाई इनोभेसनको मामिलामा उच्च मापदण्ड सेट गर्न सहयोग पुर्याएको छ र रेडमी सिरिजलाई देशकै सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन सिरिज मध्येको एक हुन सफल बनाएको छ । रेडमी १० प्राइमको लन्चसंगै, हामीले अल–राउन्ड सुपरस्टार ल्याइरहेका छौं जसले प्रयोगकर्ताहरुको लागि क्यामरामा ल्याइएको सुधार, उच्च रिजोलुशन डिस्प्ले, उच्च प्रदर्शन, र पावर प्याक ब्याट्री लाइफ सुधारका साथ रेडमी नोट १० सिरिज र रेडमी सिरिजलाई साथ ल्याउन गर्न मद्दत गर्दछ।”

रेडमी १० प्राइम
५०मेगापिक्सेलको एआई क्वाड क्यामरा सेटअपको साथ फोटोग्राफीलाई अझै उच्च स्तरमा लैजादै
रेडमी १० प्राइमले ५० मेगापिक्सेल अल्ट्रा हाई रिजोलुसनको मुख्य क्यामरालाई प्रस्तुत गर्दछ जसले तारकीय विवरण सहित अद्भुत कन्टेन्टलाई कैद गर्दछ । ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सरको साथ रेडमी १० प्राइमले प्रयोगकर्ताहरुलाई सबै पल कैद गर्नको लागि स्वतन्त्रता प्रदान गर्दछ । नाइट मोड वा प्रो कलर मोडका साथ प्रयोगकर्ताहरुले ब्राइटनेसलाई बढाउन सक्नुहुन्छ र फोटोलाई अधिक रंगीन बनाउनको लागी थोरै स्याचुरेसनलाई बढाउन सक्नुहुन्छ । प्रयोगकर्ताहरुलाई प्यानरोमा सेल्फी/ग्रुपिज लिन को लागी र साथीहरु तथा परिवारहरुसंग यादगार पल कैद गर्न को लागी सोही फिचरहरुको उपयोग गर्दै, रेड मी १० प्राइम ८ मेगापिक्सेलको सेल्फी क्यामेराको साथ उपलब्ध छ ।

विभिन्न क्यामराको फिचरहरुसँग भिडियोलाई कैद गरी रचनात्मकता प्रदान गर्ने र डुअल माइकका साथ राम्रो अडियो रेकर्डिँग गर्ने, रेडमी १० प्राइम एक कन्टेन्ट क्रिएटरको लागि स्वर्ग नै हो । यो उपकरणले फोटोग्राफी र भिडियो शटहरुमा फ्लेयर जोड्ने स्टाइलिश फिल्टरहरुको सूटलाई प्याक गर्दछ। इमेज प्रोसेसिंगलाई थुप्रै रोचक सुविधाहरु जस्तै पोर्ट्रेट मोड फिल्टरका साथ अझ इन्हान्स्ड गरिएको छ । यो मोडका सांथ, प्रयोगकर्ताहरुले मात्र दुई चरण मा आश्चर्यजनक पोर्ट्रेट फोटोहरु क्लिक गर्न सक्नुहुन्छ जसले ग्यालरीमा स्टाइलिश फिल्टरलाई जोड्दछ । कन्टेन्ट क्रिएटरहरुलाई इमेजको विभिन्न पक्षहरु अन्वेषण गर्न र त्यही अनुसार क्रप, ब्युटिफाइ, इमेजको सेटिंगलाई मिलाउन, यो एक इन–बिल्ट एडिटरका साथ उपलब्ध रहेको छ । विभिन्न अन्य सुविधाहरु जस्तै स्काई मोड,कलाईडस्कोप मोड, सर्ट भिडियो फिल्टर मोडका साथ, प्रयोगकर्ताहरुले आफ्नो सौन्दर्यशास्त्रको सम्पूर्ण सेट परिवर्तन गर्न र रंगहरुलाई बढाउन वा आवश्यकता अनुसार उनीहरुलाई टोन गर्न सक्नुहुनेछ ।

९० हर्जको रिफ्रेस रेट एडप्टिभ सिन्क टेक्नोलोजीलाई प्रस्तुत गर्दै आफ्नो सेग्मेन्मा टप–अफ–द लाइन कन्टेन्डर रहेको

रेडमी १० प्राइममा एक ठूलो ६.५ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको छ जसले सिमलेस स्क्रोलिंग र आँखालाई मोहित बनाउने दृश्य प्रदान गर्नको लागि ९०हट्र्जको रिफ्रेस रेट प्रस्तुत गर्दछ । एडप्टिभ सिन्क टेक्नोलोजी सँग जोडीएको, रेडमी १० प्राइमले कन्टेन्ट फ्रेम रेटको पहिचान गर्दछ र कन्टेंट फ्रेम संग मिल्ने डिस्प्ले रिफ्रेश रेटलाई परिवर्तन गर्दछ । यसले वास्तवमा आवश्यक हुने पलहरुको लागि मात्र रिफ्रेस रेटलाई बोस्ट गर्दछ छ र ब्याट्रीलाई लामो समय सम्म टिकाउँछ । भ्युइन्ग अनुभवको कुरा आउँदा , रेडमी १० प्राइम कागज बनावटको साथ एक इनबिल्ट रिडिंग मोड ३.० को साथ आउँदछ जसले वास्तविक कागजको अनुकरण गर्दै आँखालाई पर्ने तनाव कम गर्नको लागी सहयोग गर्दछ । प्रयोगकर्ताहरुलाई इमर्सिभ कन्टेन्ट स्ट्रिमिंगको सुनिश्चित गर्दै यो उपकरण एक पंच होल डिस्प्ले र डुअल स्पिकरको साथ उपलब्ध छ।

शक्तिशाली मिडियाटेक हेलियो जी ८८ प्रोसेसरको साथ प्रयोगकर्ताको अपेक्षालाई पार गर्ने 

रेडमी १० प्राइमले १२ न्यानोमिटरको प्रोसेस टेक्नोलोजीमा निर्मित मिडियाटेक हेलियो जी ८८ को डेब्यु गरेको छ । लाइटनिंग फास्ट जीपीयुको उपयोग गर्दै, रेडमी १० प्राइमले शक्तिशाली हार्डवेयर र अझ उच्च स्तरको सुविधाहरुका साथ मोबाइलको प्रदर्शनलाई पूरै नयाँ उचाईमा लगेको छ । ओक्टा–कोर सीपीयूले दुई आर्म कोर्टेक्स–ए ७५ सीपीयू २ गिगाहट्र्ज सम्म र ६ आर्म कोर्टेक्स–ए ५५ कोर छिटो र उत्तरदायी मल्टिटास्किंग अपरेसन को लागी १.८ गिगाहट्र्ज सम्म संचालन गर्दछ। यो माली जी ५२ सीपीयुको साथ पेयर गरिएको छ जसले एक उच्च फ्रिक्वेन्सीमा संचालित ३०% अधिक उर्जा दक्षता संग यसको यो भन्दा पहिलो संस्करणकोे तुलनामा हाई एन्ड प्रदर्शनको प्रस्तुती दिन्छ ।

यसबाहेक, प्रोसेसर हाइपरइन्जिन गेम टेक्नोलोजी २.० का साथ उपलब्ध छ । यस टेक्नोलोजी फ्ल्युड गेमिंग एक्सपेरियन्सकोे लागी स्मुथ गेमप्ले संग लगातार प्रदर्शन प्रदान गरेर गेमिंग अनुभवको बढावाको लागी डिजाइन गरीएको हो । प्राइम सिरिजको सबैभन्दा नयाँ मेमोरी एक्सटेन्सन एक अपग्रेडेड सुविधाको साथ आउँछ जसले प्रयोगकर्ताहरु लाई ४ जीबीको भेरियन्टलाई १ जीबीले बढाउन तथा ६ जीबीको भेरियन्टलाई २ जीबीले बढाउन मद्दत गर्दछ दिन्छ र उनीहरुलाई ब्याकग्राउन्ड रेजीडेन्ंसीमा अधिक एप्लिकेसनहरु राख्न सहयोग पुर्याउँछ ।

एक पातलो डिजाइन र शक्तिशाली ६००० एमएएच ब्याट्रीको साथ आफ्नो दिनचर्या बिताउनुहोस्

रेडमी १० प्राइम एक शक्तिशाली ६००० एमएएच ब्याट्रीको साथ उपलब्ध छ जुन नियमित काम गर्ने परिस्थिति अनुसार सजिलै दुई दिन सम्म टिक्न सक्दछ । यस्तो शक्तिशाली ब्याट्री रहदा रहदै पनि, यो एक ह्यान्ड–इन फिलको साथ पातलो डिजाइनमा आउँदछ । यो स्मार्टफोन मात्र १९२ ग्रामको रहेको छ र प्रयोग गर्न र खल्तीमा बोक्नको लागी अति सहज रहेको छ । यसले १८ वाटको फास्ट चार्जिंगलाई समर्थन गर्दछ र यो बट्टा बाहिर रहेको २२.५ वाटको चार्जरको साथ उपलब्ध छ । यति मात्र नभएर यो स्मार्टफोनले ९ वाटको रिभर्सड वायर्ड चार्जिंगलाई सर्पोट गर्दछ जुन बजेट स्मार्टफोनमा एक सार्थक अपग्रेड हो । यसले उपयोगितामा पनि थुप्रै सुविधाहरु प्रदान गर्दछ ।

एमआईयूआई १२.५ः एक क्लिनर सफ्टवेयर एक्सपेरियन्स

सफ्टवेयरमा, समग्र प्रयोगकर्ताहरुको अनुभवलाई वृद्धि गर्दै यो स्मार्टफोन अहिले सम्मकै एमआईयूआई (MIUI)को राम्रो संस्करण– सबैभन्दा छिटो, सफा र स्मार्ट रहेको सफ्टवेयर एमआईयूआई १२.५ को साथमा उपलब्ध रहेको छ । कोर सिनको मेमोरीलाई २०% ले घटाउँदै र बिजुलीको खपतलाई १५ % ले घटाउँदै, यो प्रणाली आईयूआईको लामो ब्याट्री जीवन प्रदान गर्न को लागी पुनः लेखिएको छ । यसको लेटेस्ट संस्करणको साथ, प्रयोगकर्ताहरुले कुनै पनि एप्लिकेसन अनइन्स्टल गर्न र हटाउन सक्दछन् जसले गर्दा यसलाई सबैभन्दा मिनिमल रहेको युजर इन्टरफेस बनाएको छ ।

इभोल डिजाइनको विरासतलाई जारी राख्दै

नयाँ इभोलको डिजाइनलाई कायम राख्दै, रेडमी १० प्राइमले एक परिष्कृत नयाँ रूप प्रदान गर्दछ र एक प्रीमियम इन–ह्यान्ड फिल प्रदान गर्दछ । स्मार्टफोन मात्र १९२ ग्रामको रहेको छ र प्रयोग गर्न र मा खल्तीमा बोक्नको लागी अति सहज रहेको छ । रोमाञ्चक नयाँ डिजाइन जस्तै, यो ३ वटा आकर्षक रंगहरुमा उपलब्ध छ – एलिगेन्ट बन्चको लागि फ्यान्टम ब्ल्याक, मिनिमलिस्टको लागि एस्ट्रल व्हाइट र विशेष रंग चाहने प्रयोगकर्ताहरुको लागी बिफ्रोस्ट ब्लू ।

सबै प्रमुख कार्यात्मक पक्षहरु कायम रहेको छ भनेर सुनिश्चित गर्दै यो उपकरण डेडिकेटेड माइक्रो एसडी कार्ड स्लटका साथ दुईवटा सिम कार्डको साथ उपलब्ध छ। यसलाई ३.५ मिलिमिटरको अडियो ज्याक, साइड माउन्ट गरिएको फिन्गरप्रिन्ट स्क्यानर र आइआर ब्लास्टरसँग ल्याइएको छ । साथै, यो उपकरण एक स्प्ल्याश प्रुफ न्यानो कोटिंगका साथ सुरक्षित गरिएको छ र यो आकस्मिक स्क्र्याचहरुबाट बचाउनको लागि कर्निंग गोरिल्ला ग्लास ३ को साथ उपलब्ध छ । पोर्टहरु रबरयुक्त सीलको साथ कोरोजन–प्रुफ रहेको छ र यसले हिट डेसिपेसनको लागि डुअल ग्राफाइट सिटहरुलाई सर्पोट गर्दछ जसले यो उपकरणलाई कुनै पनि जीवन शैलीको लागि अनुकूल बनाउन मद्दत गर्दछ।

यो एक ४जीको उपकरण हो र ४जीको नेटवर्क मापदण्डहरुलाई सर्पोट गर्दछ।

मूल्यः
रेडमी १० प्राइम दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ– ४जीबी+६४जीबी (१जीबीले बिढाउन सकिने र्याम) नेपाली रु २०,९९९ मा र ६ जीबी+१२८ जीबी र्याम (२ जीबीले बढाउन सकिने र्याम) नेपाली रु २३,९९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ३ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...