ह्वावेले मेट ५० स्मार्टफोन अक्टोबरमा सार्वजनिक गर्ने

  • Technology Khabar | ३ आश्विन २०७८, आईतवार

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले आफनो आउँदै गरेको मेट ५० स्मार्टफोन आगामी अक्टोबरमा सार्वजनिक गर्ने संकेत देखिएको छ।

गत जुलाइमा कम्पनीले फ्ल्यागशिप पी५० सिरिजका फोनहरु आउने घोषणा गरेकामा अमेरिकी प्रतिबन्ध तथा आपूर्ति श्रृङ्खलामा आएको गडबडीका कारण यो वर्ष अर्को फ्ल्यागशिप फोन ल्याउन नसक्ने देखिएको छ।

तर यसो हुँदा पनि मेट ५० यसै वर्षको अन्तिम त्रैमासमा सार्वजनिक गर्ने बुझिएको छ।

हालैका संकेत अनुसार ह्वावेले अमेरिकी प्रतिबन्धपछि आएका सबै खाले अप्ठ्याराहरुलाई पार गरेको र त्यसै अनुरुप आगामी अक्टोबरका लागि पी ५० सिरिज सार्वजनिक हुने योजना बनाइएको बुझिएको छ।

हालको संकेत उद्योगका विज्ञ तथा डिस्प्ले सप्लाइ चेन कन्सल्टेन्टका विश्लेषक मार्फत् आएको र उनले ह्वावेले अक्टोबरमा यो फ्ल्यागशिप फोन सार्वजनिक गर्ने ठोकुवा नै गर्दै आएका बुझिएको छ।

उनको ठोकुवालाई मान्ने हो भने अक्टोबर २१ का लागि सारिएको अष्ट्रियाको भियनामा हुने विश्वव्यापी इभेन्टमा मेट ५० सिरिज पनि आउने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित: ३ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार