क्लबहाउसले रुममा साथीहरुलाई इन्भाइट गर्न ‘वेभ’ फिचरमा काम गरिरहेको संकेत

  • Technology Khabar | ३ आश्विन २०७८, आईतवार

काठमाडौं ।

अडियोमा आधारित सामाजिक सञ्जाल क्लबहाउसले मानिसहरुलाई रुममा आमन्त्रण गर्न सजिलो हुने ‘वेभ’ अर्थात् हात हल्लाउने फिचर ल्याउन लागेको बुझिएको छ।

अनुसन्धाता जेन मान्चुम वङले हालै शेयर गरेको एक स्क्रीनशटमार्फत् यो जानकारी बाहिरिएको हो।

“वेभ्स” नाम दिइएको यो आमन्त्रण फिचर यसका सर्जकले बढी महत्व दिएको लाइभ शो भन्दा फरक क्लबहाउसको अझ सामाजिक पाटोतर्फ केन्द्रित रहेको बुझिएको छ।

वङले पोस्ट गरेको स्क्रीनशट अनुसार वेभ्समार्फत् साथीभाइ वा अन्य कसैलाई क्लबहाउसको लोगोमा भएको हातको बटन थिचेर आफ्नो रुम/च्याटमा आमन्त्रण गर्न सकिन्छ।

यसरी वेभ गरिसकेपछि यदि ती व्यक्तिले रिप्लाइ गरेमा उनीहरु अडियो रुममा जोडिने र उनीहरुसँग कुराकानी गर्न सकिने बताइएको छ। क्लबहाउसका एक प्रवक्ताले वङको खुलासाप्रति कुनै टिप्पणी गर्न नमानेको द भर्जले जनाएको छ।

प्रकाशित: ३ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया