भारतमा परेको प्रतिस्पर्धाविरोधी मुद्दामा गुगलले एन्ड्रोइडको वर्चस्वलाई दुरुपयोग गरेको खुलासा

  • Technology Khabar | ३ आश्विन २०७८, आईतवार

काठमाडौं ।

गुगलले भारतमा एन्ड्रोइड अपरेटिङ सिस्टमको वर्चस्वलाई दुरुपयोग गर्दै ठूलो रकम प्रतिस्पर्धीहरुलाई अवैध रुपमा दु:ख दिन प्रयोग गरेको आरोप लागेको छ।

भारतको प्रतिस्पर्धाविरोधीले आफ्नो २ वर्षदेखिको अध्ययनको रिपोर्टमा यो निष्कर्क्ष उल्लेख गरेको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

अल्फाबेट इंक अन्तर्गतको संस्था गुगलले डिभाइस निर्माताहरुले एन्ड्रोइडका वैकल्पिक अपरेटिङ सिस्टमयुक्त डिभाइस विकास तथा बिक्री गर्ने दक्षता र भत्ता घटाएको कम्पन्सेसन कमिशन अफ इन्डिया नामको अनुसन्धान इकाइको जुन महिनाको रिपोर्टमा उल्लेख भएको रोयटर्सले उल्लेख गरेको छ।

अमेरिकी टेक जायन्ट गुगलले रोयटर्सलाई एक विज्ञप्तिमार्फत आफूहरु एन्ड्रोइडले प्रतिस्पर्धा र इनोभेसनलाई घटाउने नभइ कसरी बढावा दिइरहेको छ भन्ने प्रमाणित गर्न सीसीआईसँग मिलेर काम गर्न तयार रहेको बताएको छ।

तर यो अनुसन्धान रिपोर्ट गुगललाई उपलब्ध भइनसकेको यो विषयसँग प्रत्यक्ष सम्बद्ध स्रोतले बताएको रोयटर्सको भनाइ छ।

सीसीआईले भने यसबारेमा कुनै प्रतिक्रिया नदिएको बुझिएको छ। सीसीआईका वरिष्ठ सदस्यले यो रिपोर्टको जाँच गर्ने र अन्तिम फैसला जारी गर्नुअघि गुगलललाई बचाउका लागि अर्को मोका दिने बताइएको छ।

अन्तिम फैसलामा जरिबाना पनि समावेश हुन सक्ने यस मामलासम्बद्ध अर्का एक अधिकारीले जानकारी दिए।

तर त्यसअघि गुगलले आफ्नो बचाउका लागि भारतको कुनै पनि अदालतमा पुनरावेदन गर्न सक्ने समाचारमा उल्लेख छ।

गुगलले भारतमा पछिल्लोपटक भुक्तानी एप तथा टेलिभिजन दुनियाँमा पनि थुप्रै मुद्दाहरु झेलिसकेको छ।

कम्पनीका विरुद्ध यूरोप, अमेरिका तथा अन्य थुप्रै देशहरुमा विभिन्न विषयमा अनुसन्धान चलिरहेको छ। यसै हप्ता दक्षिण कोरियाको प्रतिस्पर्धाविरोधी नियामकले एन्ड्रोइडको कस्टम गरिएमो भर्सन रोकेको आरोपमा गुगललाई १८ करोड डलर जरिबाना गरेको छ।

प्रकाशित: ३ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया