
काठमाडौं ।
फेसबुक इंकले शनिबार वालस्ट्रीट जर्नलको लेखका श्रृङ्खलामार्फत् आफ्ना बारेमा जानी जानी मिथ्या चरित्र चित्रण गरेको र कम्पनीका सीईओ र कर्मचारीका बारेमा गलत उद्देश्य राखेको आरोप लगाएको छ।
जर्नलले अनुसन्धान रिपोर्ट, अनलाइन कर्मचारी छलफल तथा उच्च व्यवस्थापनलाई बुझाइएको प्रिजेन्टेशनको ड्राफ्ट समावेश भएको दस्तावेज समीक्षा गर्दै फेसबुकले आफ्नो प्लेटफर्मका ‘गम्भीर असर’ का बारेमा थाहा पाएर पनि समाधानका लागि केही नगरेको आरोप लगाएको थियो।
जर्नलका लेखमा फेसबुकले हाइ प्रोफाइल व्यक्तिलाई आफ्ना केही वा सबै नियम छूट गरेको, इन्स्टाग्राम एपले युवाहरुमा परेको गम्भीर असरलाई ढाकछोप गरेको, प्लेटफर्म नै ‘रिसाहा’ जस्तो भान हुने गरी अल्गोरिदममा परिवर्तन गरेको र प्लेटफर्मलाई विकासशील देशहरुमा मानव तस्करहरुले कसरी दुरुपयोग गरिरहेका छन् भन्नेबारे कर्मचारीले उठाएको विषयमा फितलो जवाफ दिएको लगायत आरोपहरु समावेश गरेको छ।
फेसबुकको ग्लोबर अफेयर्सका उपाध्यक्ष निक क्लेगले एउटा ब्लग पोस्टमार्फत् वालस्ट्रीट जर्नलको लेखहरुमा आफूहरुले गर्न लागेको कामको जानी जानी मिथ्या चरित्र चित्रण गरिएको तथा फेसबुकको नेतृत्व तथा कर्मचारीविरुद्ध नियतवश नै गलत उद्देश्य राखेको आरोप लगाएका हुन्।
सम्बन्धित समाचार
किशोर किशोरीमा चिन्ता र डिप्रेशनको कारक इन्स्टाग्राम: अध्ययन
प्रकाशित: ३ आश्विन २०७८, आईतवार