
काठमाडौं ।
गत मंगलबार एप्पलले आफ्नो नयाँ आईफोन सार्वजनिक गर्यो। पहिलोपटक कम्पनीले आईफोनमा १टीबी स्टोरेज उपलब्ध गराएको छ।
तर विश्वभरमा उच्च माग भएको आईफोनमा प्रयोग हुने मुख्य ३४ ओटा पार्टपुर्जामध्ये एप्पल आफैंले भने कुनै पनि बनाउँदैन भन्ने सुन्दा अचम्म लाग्न सक्छ।
बरु कम्पीने विभिन्न ८ देशका २३ कम्पनीलाई यी ३४ ओटा पार्टपुर्जा बनाउने काम दिन्छ। एप्पलमा प्रयोग हुने सफ्टवयर मात्र कम्पनीको हुने गरेको छ।
भारतीय प्रविधि अभिषेक तैलाङका अनुसार एप्पलले आईफोनको डिजाइन र ब्लूप्रिन्टमात्र तयार गर्दछ। त्यसपछि त्यस ब्लूप्रिन्ट अनुसारका सामान निर्माणका लागि अलग-अलग ओरिजिनल इक्विपमेन्ट म्यान्युफ्याक्चरर अर्थात निर्माण कम्पनीहरुसँग साझेदारी गर्दछ।
एप्पलेका लागि यी कम्पनीहरुले आफूले पाएको डिजाइन अनुसारको हार्डवेयर निर्माण गर्छन्। यी हार्डवयर निर्माणका लागि अमेरिका, चीन, ताइवान, जर्मनी, नेदरल्यान्ड्स जस्ता देशमा रहका थुप्रै कमपनीले जिम्मा पाउँछन्।
उदाहरणका लागि आईफोनमा रहेकोडिस्प्ले सामसङले बनाउँछ भने क्यामरा सोनी कम्पनीले निर्माण गर्छ।
तर हरेका आईफोन मोडलका लागि यिनै कम्पनीले मात्र पार्टपुर्जा बनाउनुपर्छ भन्ने छैन। यी कम्पनीहरुमा आवश्यकता अनुसार परिवर्तन पनि गर्न सकिन्छ।
एप्पलले यी कम्पनीहरुसँग एप्पलमा प्रयोग हुने पार्टपुर्जाका विवरण लीक गरेमा वा अन्य कम्पनीहरुलाई जानकारी उपलब्ध गराएमा करोडाैं डलरको मुद्दा लाग्न सक्ने गरी समझदारी पत्रमा हस्ताक्षर गराएको हुन्छ।
यी हुन् केही कम्पनी र उनीहरुले एप्पलका लागि बनाउने हार्डवयर
दक्षिण कोरिया सामसङ – डिस्प्ले/टच
ओम्निभिजन– सेकेन्डरी क्यामरा (पीसीबी क्यालिफोर्निया)
(एएसी टेक्नोलोजी) शेन्जेन चीन
(ताइवान टीएसएमसी) – होम बटन/फिंगरप्रिन्ट सेन्सर
(चीन एएसी टेक्नोलोजी) – एम्बियन्ट लाइट सेन्सर/माइक्रोफोन/पीसीबी/लाउडस्पीकर रिसिभ/ भोल्युम अप डाउन रिङ/ साइलेन्ट पीसीबी/ सिम कार्ड ट्रे/ सेन्टर प्यानल
डिसे ब्याट्री टेक ताइवान – ब्याट्री
सोनी, जापान – प्राइमरी क्यामरा मोड्युल
ताइवान कम्पेङ्ग – मुख्य पीसीबी
प्रकाशित: ३ आश्विन २०७८, आईतवार