तीन स्टार्टअप कम्पनीलाई एनवाईईएफ स्टार्टअप अवार्ड, ‘डक्टर्स अन कल नेपाल’ पहिलो स्थानमा

  • Technology Khabar | २ आश्विन २०७८, शनिबार
तीन स्टार्टअप कम्पनीलाई एनवाईईएफ स्टार्टअप अवार्ड, ‘डक्टर्स अन कल नेपाल’ पहिलो स्थानमा

काठमाडौं ।

नेपाल योङ आन्ट्रप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले स्टार्टअप अवार्ड २०२१ का विजेता घोषणा गरेको छ।

शुक्रबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा एनवाईईएफ स्टार्टअप अवार्ड २०२१ का विजेता घोषणासँगै पुरस्कार वितरण गरिएको हो ।

स्टार्टअप कम्पनी ‘डक्टर्स अन कल नेपाल’ स्टार्टअप अवार्ड २०२१ मा प्रथम भएको छ भने ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएको छ।

अवार्ड कार्यक्रममा पहिलो हुने स्टार्टअप कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुने अर्बन नेपालले ७५ हजार र तेस्रो हुने अन्सु टेक्नोलोजीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ।

एनवाईईएफ काठमाडौं च्याप्टरले आयोजना गरेको स्टार्टअप अवार्डमा सय बढी स्टार्टअप कम्पनीहरूले आवेदन दिएका थिए । ती आवेदन मध्ये डक्टर्स अन कल नेपाल, एमसीक्युहल डट कम, कस्यपी, अन्शु टेक्नोलोजी, अर्बन नेपाल, एजुकेस, र भक्सक्रो टप ७ कम्पनी अन्तिम चरणमा पुगेका थिए ।

स्टार्टअपलाई बजारसँग जोड्न अवार्ड कार्यक्रमलाई आगमी दिनमा पनि निरन्तरता दिईने काठमाडौं च्याप्टरका अध्यक्ष निरज कर्माचार्यले जानकारी दिए ।

प्रकाशित: २ आश्विन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...