४० प्रतिशत मानिस भविष्यमा रोबोटसँग शारीरिक सम्पर्क राख्न चाहन्छन्: अध्ययन

  • Technology Khabar | २ आश्विन २०७८, शनिबार
४० प्रतिशत मानिस भविष्यमा रोबोटसँग शारीरिक सम्पर्क राख्न चाहन्छन्: अध्ययन

काठमाडौं ।

हालै अमेरिकामा १२०० जनामा गरिएको एक सर्वेक्षणमा ४० प्रतिशत मानिसले भविष्यमा रोबोटसँग शारीरिक सम्पर्क राख्न चाहेको बताएका छन्।

इन्टरप्राइज च्याटबट टिडियोले ‘उपभोक्तासँग कुराकानी गर्ने राम्रो उपाय’  नारा दिएको यो अध्ययनमा १२०० सय जनाले भविष्यका बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए।

अझ प्रस्टसँग भन्नुपर्दा उनीहरुले अन्य व्यक्तिका भविष्यका धारणका बारेमा आफ्नो धारणा राखेका थिए। तर तीमध्ये अधिकांशका धारणा मिल्दोजुल्दो पाइएको थियो।

यस्तो थियो निष्कर्ष

एआईले जागिर खोस्ने चिन्ता

६९ प्रतिशत कलेजका विद्यार्थीले एआईले उनीहरुको जागिर खोस्ने चिन्ता व्यक्त गरेका थिए।

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स केही बुद्धिजीवीका अनुसार साँच्चैको बुद्धिमानी हुदैन, यदि हुने भएको भए यतिन्जेलसम्म धेरै जागिरहरुमा मानिस विज्ञको सट्टा एआईले काम गरिरहेका हुने थिए। तर हालैको उक्त सर्वेक्षणमा भने अधिकांश युवा सहभागीले एआईले भविष्यमा आफ्नो काम खोसेर आफूलाई बेकार वा बेरोजगार बनाउने चिन्ता लागेको बताएका हुन्।

उत्तरदातामध्ये एक जनाले ४५ प्रतिशतले एआईले आफ्ना काममा दख्खल दिने र जागिर खोस्ने सम्भावना प्रबल देखेकाले यो सर्वेक्षणमा सहभागी हुने क्याशियर, ड्राइभर तथा भाषा अनुवादकहरुको सङ्ख्या निकै कम रहेको पनि बताए।

केहीले अति उच्च आर्थिक विज्ञहरुले एआईलाई काममा लगाउने र यो सही भएको विचार व्यक्त गरे भने अन्य थुप्रैले एयर ट्राफिक नियन्त्रण गरेर मानिसहरुलाई ट्राफिकका बीच पनि सहजै गन्तव्यसम पुर्याउने खालको एआईलाई भने सबैले स्वागत गर्ने धारणा राखे।

तर सहभागीमध्ये ३२ प्रतिशतले भने एआईको दुरुपयोग भएको खण्डमा के होला भन्ने चिन्ता व्यक्त गरे।

४० प्रतिशतको रोबोटसँग शारीरिक सम्पर्क राख्ने विचार, सबै पुरुष

सहभागीहरुमध्ये ४० प्रतिशतले रोबोटका बारेमा दिएको अभिव्यक्ति रोचक थियो। उनीहरुले रोबोटको दुरुपयोगको मात्र सम्भावना देखेनन् बरु भविष्यमा रोबोटसँग शारीरिक सम्पर्क राख्न चाहेको पनि विचार व्यक्त गरे। मानवजस्तै देखिने रोबोटसँग शारीरिक सम्पर्क हुन सक्ने उनीहरुको धारणा थियो।

यस्तो विचार व्यक्त गर्नेमध्ये ३९ प्रतिशतले त शारीरिक सम्पर्कमात्र नभइ रोबोटसँगै प्रेमिल सम्बन्धमा रमाउने विचार पनि व्यक्त गरे।

१२०० जनामध्ये ४८ प्रतिशत पुरुष उत्तरदाताले रोबोटसँगको शारीरिक सम्पर्कका साथमा प्रेमिल सम्बन्धमा रुची देखाए भने महिला उत्तरदातामध्ये कसैले पनि यसमा चासो देखाएनन्।

प्रकाशित: २ आश्विन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार