गुगल पिक्सेल फोल्ड यसै वर्षको अन्त्यमा सार्वजनिक हुने, विवरण लीक

  • Technology Khabar | १ आश्विन २०७८, शुक्रबार
गुगल पिक्सेल फोल्ड यसै वर्षको अन्त्यमा सार्वजनिक हुने, विवरण लीक

काठमाडौं ।

गुगलको पहिलो फोल्डेबल स्मार्टफोन निर्माण भइरहेको र केही समयपछि सारवजनिक हुन सक्ने चर्चा बाहिरिएको छ।

पहिलोपल्ट सन् २०१९ मा एक ब्लगरले कम्पनीको आउँदै गरेको फोनको नाम गुगल पिक्सेल फोल्ड रहेको पत्ता लगाएका थिए। त्यही डिभाइस अब भने सार्वजनिक हुनेतिर गइरहेको बुझिएको हो।

हालै जीएसएमएरिनाका डेचिड नारान्जोमार्फत् बाहिरिएको एक जानकारी अनुसार यो डिभाइस यसै वर्षको अन्तिम त्रैमासमा सार्वजनिक हुन सक्ने प्रबल सम्भावना रहेको छ। नारान्जो डिस्प्ले आपूर्ति श्रृङ्खला कन्सल्टेन्टका वरिष्ठ निर्देशक हुन्।

लीक अनुसार यो डिभाइसमा एलटीपीओ ओएलईडी डिस्प्ले रहने पनि बुझिएको छ।

नारान्जोले यो प्रविधि प्रयोग भएका र भविष्यमा आउँदै गरेका स्मार्ट डिभाइसहरुको सूची ट्विटरमा राखेका थिए जसमा गुगल ‍पिक्सेल फोल्ड पनि परेको छ।

प्रकाशित: १ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार