ह्वावेले निकट भविष्यमा फाइभजी स्मार्टफोन पुन सार्वजनिक गर्न सक्ने संकेत

  • Technology Khabar | १ आश्विन २०७८, शुक्रबार
ह्वावेले निकट भविष्यमा फाइभजी स्मार्टफोन पुन सार्वजनिक गर्न सक्ने संकेत

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले निकट भविष्यमा फाइभजी स्मार्टफोन पुन: सार्वजनिक गर्न सक्ने चर्चा बाहिरिएको छ।

गत वर्ष अमेरिकाले टीएसएमसीबाट उत्पादन हुने किरिन चिपसेटमाथि प्रतिबन्ध लगाएपछि ह्वावेसँग भएका फाइभजी चिपसेटको मोज्दात अब सकिन लागेको बुझिएको छ।

तर यसले ह्वावेलाई फाइभजी स्मार्टफोन क्षेत्रमा अघि बढ्न खासै नरोक्ने बुझिएको छ। कम्पनीले अब छिट्टै नै आफ्ना फाइभजी स्मार्टफोनहरुलाई पुन: सार्वजनिक गर्ने योजना बनाएको बुझिएको छ।

अमेरिकाले फाइभजी प्रविधिमा प्रतिबन्ध लगाएपछि ह्वावेले आफ्नो व्यवसाय चिपसेट तथा अपरेटिङ सिस्टमजस्ता वैकल्पिक क्षेत्रतिर फैलाएको थियो।

तर ह्वावे मेट ४०ई मा भने प्रतिबन्ध लाग्नुअघि नै मोज्दात गरिएका अमेरिकी चिपहरु प्रयोग हुँदै आएको बुझिएको छ।

मेट ४०ई गत मार्चमा चीनमा सार्वजनिक भएको थियो भने अहिले बजारमा यसको स्टक सकिँदै गएको छ।

प्रकाशित: १ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...