विच्याट यूजरलाई प्रतिस्पर्धी कम्पनीका लिंक पनि एक्सेस गर्न दिने टेन्सेन्टको भनाइ

  • Technology Khabar | १ आश्विन २०७८, शुक्रबार
विच्याट यूजरलाई प्रतिस्पर्धी कम्पनीका लिंक पनि एक्सेस गर्न दिने टेन्सेन्टको भनाइ

काठमाडौं ।

चिनियाँ टेक कम्पनी टेन्सेन्ट होल्डिङले आफ्नो चर्चित विच्याट मेसेजिङ एपमा बाहिरी र प्रतिस्पर्धी कम्पनीका लिंक पनि एक्सेस गर्न मिल्ने बताएको छ।

सरकारी नियामक संस्थाले टेन्सेन्ट तथा यसका प्रतिस्पर्धी कम्पनीहरुलाई एक आपसमा ब्लक गर्ने परम्परा रोक्न आदेश दिएसँगै कम्पनीले विच्याट यूजरले शुक्रबारदेखि अन्य बाहिरी लिंक खोल्न र प्रयोग गर्न पाउने जानकारी दिएको हो।

टेन्सेन्टले यो नियामकको आग्रहपछि यो निर्णय गर्नका लागि विच्याटको कन्टेन्ट म्यानेजमेन्टसम्बन्धी नियममा केही परिवर्तन गरेको विज्ञप्तिमार्फत् जनाएको छ।

यसअघि विच्याटमा अन्य बाहिरी लिंकहरु खोलेर अनलाइन सामान अर्डर गर्नबाट रोक लगाइएको थियो।

प्रकाशित: १ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार