५.३के भिडियो क्षमता तथा नयाँ जीपी२ चिपसेटसहित गोप्रो हिरो १० ब्ल्याक सार्वजनिक

  • Technology Khabar | १ आश्विन २०७८, शुक्रबार
५.३के भिडियो क्षमता तथा नयाँ जीपी२ चिपसेटसहित गोप्रो हिरो १० ब्ल्याक सार्वजनिक

काठमाडौं ।

गोप्रोले हालै आफ्नो फ्ल्यागशिप एक्शन क्यामरामा ५.३के रेजोल्युशनको भिडियो खिच्नसक्ने व्यवस्थासहित सार्वजनिक गरेको छ।

कम्पनीले हालै मात्र बजारमा ल्याएको यो डिभाइस हिरो १० ब्ल्याकमा नयाँ र सुधारिएको लो लाइट पर्फर्मेन्ससहितको २३.६ मेगापिक्सेलको सेन्सर, ६० फ्रेम प्रतिसेकेन्डमा ५.३के रेजोल्युशनको भिडियो खिच्नसक्ने क्षमता तथा ब्रान्डको नयाँ हाइपरस्मूथ ४.० भिडियो स्टाबिलाइजेशनलगायतका फिचरहरु समावेश गरिएको छ।

यो क्यामराले फोरके भिडियो भने १२० फ्रेम प्रतिसेकेन्डमा तथा २.७के भिडियो २४० फ्रेम प्रतिसेकेन्डमा खिच्न सक्ने बताइएको छ।

यसमा जीपी२ चिप राखिएको छ जसले लोकल टोन म्यापिङ तथा थ्रीडी न्वाइज रिडक्शनसहितको सुधारिएको भिडियो अल्गोरिदमका माध्यमबाट दोब्बर गतिको भिडियो फ्रेम रेट प्रदान गर्ने बुझिएको छ।

हिरो १० ब्ल्याकमा यसअघिकै हिरो ९ को डिजाइन रहेको छ भने अघिल्लो भर्सनभन्दा १५३ ग्राम हलुका छ।

यो नयाँ मोडलमा दुई ओटा एलसीडी स्क्रीन रहेको छ र गो प्रोले अघिल्लो एलसीडीमा उच्च फ्रेम रेट भएका कारण भिडियो खिच्दै गर्दाको लाइभ प्रिभ्यू अझ गुणस्तरको हुने दावी गरेको छ।

प्रकाशित: १ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार