
काठमाडौं ।
दक्षिण कोरियाका ६० भन्दा बढी क्रिप्टोकरेन्सी सटहीका सेवा अर्को हप्ता बन्द हुने भएको छ।
नयाँ नियमा आउनुभन्दा १ हप्ता अगाडि अर्थात् शुक्रबार मध्यरातिसम्ममा उक्त सेवा पूर्ण वा आंशिकरुपमा बन्द हुने कुरा ग्राहकहरुलाई जानकारी दिनुपर्ने बताइएको छ।
यो सेवा सञ्चालनमा निरन्तरता दिनका लागि एक्सचेन्जहरुले देशको वित्तीय अनुसाधान इकाइ एफआईयूमा आगामी सेप्टेम्बर २४ भित्र दर्ता गरिसक्नुपर्नेछ।
दर्ता गर्ता इन्टरनेट सुरक्षा एजेन्सीमार्फत् सुरक्षा प्रमाणपत्र पनि पेश गर्नुपर्ने रोयटर्सले उल्लेख गरेको छ।
यसबाहेक कारोबार गर्ने व्यक्तिको सही नाम र विवरणका लागि उनीहरुले बैंकहरुसँग साझेदारी पनि गर्नुपर्नेछ।
दर्ता नगरिएका र दर्ता गरिएका तर बैंकसँग साझेदारी नगरेका यस्ता एक्सचेन्जहरु आगामी सेप्टेम्बर २४ पछि सरकारले पूर्णरुपमा बन्द गराउनेछ।
‘केही तथा सम्पूर्ण सेवाहरु बन्द गर्नुपर्नेछ, एक्सचेन्जहरुले आफ्ना ग्राहकहरुलाई अपेक्षित बन्द हुने मिति र बन्द हुनुअघि ७ दिनभित्र आफ्ना रकम निकाल्ने प्रक्रियाका बारेमा जानकारी दिनुपर्नेछ’, वित्तीय सेवा आयोगले यसै हप्ता भनेको छ।
प्रकाशित: १ आश्विन २०७८, शुक्रबार