
काठमाडौं ।
युनिकोड १४.० ले ३७ ओटा नयाँ इमोजी थपेको छ। अपडेटका कारणले युनिकोडले टेक्स्ट स्ट्याण्डर्डमा ८३८ क्यारेक्टर थपेको थियो । ८३८ क्यारेक्टर मध्ये ३७ ओटाले नयाँ ईमोजीलाई जनाउँछन् ।
यो नयाँ ईमोजीहरु सन् २०२१ को अन्त्यसम्मममा वा २०२२ को अवधिभरमा सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ। ईमोजीमा पग्लीरहेको मुख, रुन आँटेको, सलाम गरेको, सिमी, ट्रोल, मिरर बल, ग्लास बाट पानी पोखिएको, चिप्लेटी, गुडँमा अण्डा भएको जस्ता थुप्रै इमोजीहरु थपिएका छन्।
त्यस्तै इमोजीहरु थुप्रै वर्णहरुमा सार्वजनिक गरिएको छ। पहिलेको अपडेटमा युनिकोडले यसमा गल्ती गरेको थियो जसलाई दुई वर्षपछि कम्पनीले सुधार गरेको छ।
प्रकाशित: १ आश्विन २०७८, शुक्रबार