आलु चिप्स बेच्दै गुगल, प्याकेटमा उपभोक्ताले आफ्नो नाम पनि लेखाउन सक्ने

  • Technology Khabar | १ आश्विन २०७८, शुक्रबार
आलु चिप्स बेच्दै गुगल, प्याकेटमा उपभोक्ताले आफ्नो नाम पनि लेखाउन सक्ने

काठमाडौं ।

अमेरिकी टेक कम्पनी गुगल छिट्टै आफ्नो पिक्सेल ६ स्मार्टफोन सार्वजनिक गर्ने तयारीमा छ। कम्पनीले यो डिभाइसको बारेमा यसअघि नै जानकारी तथा फोटो बाहिर ल्याइएको छ।

तर अब भने कम्पनीले आलु चिप्सको बिक्री गर्न लागेको छ भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ। तर यो सत्य हो। आखिर प्रविधि कम्पनी आलु चिप्सको व्यापार किन गर्दैछ त?

वास्तवमा गुगलले पहिलो पटक स्मार्टफोनमा प्रयोग हुने टेन्सर नामको चिपसेट सार्वजनिक गरेको छ। पिक्सेल ६ सिरिजमा यहि चिपसेट रहनेछ भने यो स्न्यापड्रागन ८८८ भन्दा शक्तशाली हुने पनि बताइएको छ।

कम्पनी आफ्नो नयाँ चिपसेटको प्रचार प्रसार यसरी गर्न चाहन्छ कि पिक्सेल ६ सिरिजभन्दा टेन्सर चिपसेट चर्चित होस्।

जापानमा पिक्सेल ६ को प्रचार प्रसार अन्तर्गत नै गुगल ओरिजिनल चिप्स नामको आलु चिप्स पनि राखिएको छ।

यही आलु चिप्सकै माध्यमबाट आफ्नो टेन्सर चिपसेटको प्रचार गर्ने कम्पनीको उद्देश्य रहेको बुझिएको छ। गुगलको ओरिजिनल चिप्सको प्याकेट पनि पिक्सेल ६ को पछाडिको प्यानलको रंगसँग मिल्नेगरी बनाइएको छ।

गुगलले पाँच रंगको अप्शनमा १० हजार चिप्सको प्याकेट तयार गरेको छ। तर यो पिक्सेल ६ सार्वजनिक नहुने देशहरुमा भने उपलब्ध हुने छैन।

चिप्सको प्याकेटमा गुगल साल्टी फ्लेभर लेखिएको छ भने यसको ठिक तल ‘गुगल पिक्सेल कमिङ सून’ लेखिएको हुनेछ। जापानमा गुगलले उपभोक्तालाई गुगल चिप्सको प्याकेटलाई कस्टमाइज गरेर आफ्नो नाम पनि लेखाउन सक्छन्।

प्रकाशित: १ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार