राष्ट्रिय जनगणनाको बारेमा जानकारी दिने रिङटोन बजाउँदै नेपाल टेलिकम

  • Technology Khabar | ३१ भाद्र २०७८, बिहीबार
राष्ट्रिय जनगणनाको बारेमा जानकारी दिने रिङटोन बजाउँदै नेपाल टेलिकम

काठमाडौं ।

नेपाल टेलिकमले राष्ट्रिय जनगणनाको बारेमा जानकारी दिने रिङटोन बजाउन थालेको छ।

राष्ट्रिय तथ्याङ्क विभागको अनुरोधमा जनगणनाको बारेमा प्रचार प्रसार गर्न निःशुल्करुपमा टेलिकमले सन्देश बजाउन थालेको हो ।

सरकारी दूरसञ्चार कम्पनीले बिहिबारदेखि असोज २० गतेसम्म र कार्तिकमा जनगणना हुने बेला फेरि अर्को चरणमा जनगणना कार्यक्रममा सहभागी हुन आग्रह गरिएको रिङटोन बजाउने बताईएको छ।

यसअघिसम्म टेलिकमले कोभिड रोकथाम सम्बन्धी जनचेतनामूलक संदेशसहितको ‘रिङटोन’ सुनाईरहेको थियो।

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • ३१ भाद्र २०७८, बिहीबार