क्राफ्टनले किन सधैंका लागि बन्द गर्यो ब्याटलग्राउन्ड्स मोबाइल इन्डियाको डेढ लाख एकाउन्ट?

  • Technology Khabar | ३१ भाद्र २०७८, बिहीबार
क्राफ्टनले किन सधैंका लागि बन्द गर्यो ब्याटलग्राउन्ड्स मोबाइल इन्डियाको डेढ लाख एकाउन्ट?

काठमाडौं ।

ब्याटलग्राउन्ड्स मोबाइल इन्डियाको डेभलपर कम्पनी क्राफ्टनले १ लाख ४२ हजार एकाउन्ट सधैंका लागि बन्द गरेको घोषणा गरेको छ।

कम्पनीले यो निर्णय ह्याकिङ तथा धोकाधडीविरुद्धको आफ्नो नियमित कार्यक्रम अन्तर्गत बन्द गरेको जनाएको छ।

यो गेमको डाउनलोड भारतमा गत महिना ५ करोड पुगेको थियो। यो आँकडासँगै भारतमा हालसालै सार्वजनिक भएका गेमहरुमध्ये सर्वाधिक लोकप्रियमा पर्न सफल भएको थियो।

यो ब्याटल रोयल गेम भारतमा केही महिना अघि सार्वजनिक भएको थियो भने अगस्टको मध्यमा आइपुग्दा डाउनलोड सङ्ख्या ५ करोड छोएको थियो।

गेमको डाउनलोड आकाशिँदै गर्दा डेभलपर क्राफ्टन भने ह्याकरहरु छिरेका छन् कि भन्ने जाँच पड्तालमा व्यस्त भएको छ।

गत अगस्टमा कम्पनीले पहिलो एन्टि-चिटिङ रिपोर्ट प्रकाशित गरेको थियो  भने त्यसयता निरन्तर रुपमा यस्ता गलत प्रवृत्तिका यूजरहरुमाथि कारबाही वा र प्रतिबन्धको कदम पनि चाल्दै आइरहेको छ।

हालै आएको एक रिपोर्ट अनुसार कम्पनीले यस्तै गलत प्रवृत्तिका र ह्याकर हुन सक्ने यूजरहरुका १ लाख ४२ हजार एकाउन्ट सधैंका लागि बन्द गरिदिएको हो।

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार