रेडमी नोट सिरिजमा एमआईयूआई १२.५ एन्हान्स्ड एडिशन अपडेट अक्टोबरमा उपलब्ध हुने

  • Technology Khabar | ३१ भाद्र २०७८, बिहीबार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले एमआईयूआई १२.५ एन्हान्स्ड एडिशन आगामी अक्टोबरमा उपलब्ध गराउने भएको छ।

यो भर्सन कम्पनीले केही समयअछि शाओमी मिक्स ४ को इभेन्टमा सार्वजनिक गरेको थियो।

सार्वजनिक भएको १५ दिनभित्र कम्पनीले यो सफ्टवेयरको पहिलो ब्याच चीनका योग्यता पुगेका डिभाइसहरुमा उपलब्ध गराइसकेको छ। अब भने कम्पनीले यो सफ्टवेयरको दोस्रो ब्याचको लागि उपलब्ध गराउने योजना बनाएको हो।

शाओमी कम्युनिटी चाइनाको आधिकारिक घोषणाको पोस्टमा कम्पनीले दोस्रो ब्याचमा जम्मा ७ ओटा स्मार्टफोनमा यो भर्सन अपडेट हुने जनाएको छ। ७ ओटामध्ये एउटाबाहेक सबै सेट रेडमी नोट मोडलका रहेका छन्।

यस्ता छन् दोस्रो ब्याचमा एमआईयूआई १२.५ एन्हान्स्ड एडिशन अपडेट पाउने डिभाइसहरु:

  • रेडमी नोट ८
  • रेडमी नोट ९ फोरजी
  • रेडमी नोट ९ फाइभजी
  • रेडमी नोट १० फाइभजी
  • शाओमी एमआई १० युथ एडिशन
  • रेडमी नोट ९ प्रो फाइभजी
  • रेडमी नोट १० प्रो फाइभजी

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार