नियममा अझै कडाइ गर्न गेम अनुमोदनको गति सुस्त पार्दै चीन

  • Technology Khabar | ३१ भाद्र २०७८, बिहीबार

काठमाडौं ।

चीनले नयाँ आएका गेमहरुमा नियम अनुसार बालबालिकाको सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ वा छैन भनेर समीक्षा गरिरहेको बुझिएको छ।

ब्लूमबर्गले यससँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै मंगलबार खबर छापेको हो।

चीनको सञ्चारमाध्यम नियमनकारी अनुगमनकर्ताले टेन्सेन्ट होल्डिङ्सदेखि नेटइज इंकसम्मले बनाएको गेमको अनुमोदनका लागि दिएको आवेदनमा गत अगस्टमा लागू भएको नयाँ नियम पालना भएको छ वा छैन भनेर पुन: जाचपड्ताल गर्न लागेको बताइएको छ।

टेन्सेन्टले भने यस विषयमा टीप्पणी गर्न नमानेको र नेटइजले तत्काल उत्तर नदिएको अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

गत महिना चीनले १८ वर्षमुनिका केटाकेटीले दिनको ३ घण्टाभन्दा बढी अनलाइन गेम खेल्न नपाउने नियम ल्याएको थियो। यसको मुख्य कारण सरकारले ‘आध्यात्मिक अफीम’ नाम दिएको अनलाइन गेमको कुलत घटाउने प्रयास रहेको बुझिएको छ।

यसपछि अगस्टको अन्त्यमा नेशनल प्रेस एन्ड पब्लिकेशन एडमिनिस्ट्रेशनले डेभलपरहरुलाई नयाँ नियमअनुसारका शीर्षकहरु पुन: बुझाउन निर्देशन दिएको रिपोर्टमा उल्लेख छ।

यो पनि पढ्नुहोस्

चीनमा अब बालबालिकाले दिनमा एक घण्टामात्र अनलाइन गेम खेल्न पाउने

अनलाइन गेमलाई आध्यात्मिक अफीम भनिएपछि टेन्सेन्टले नाबालिगले खेल्न पाउने समय घटायो

चीनले अनलाइन गेमलाई इलेक्ट्रोनिक ड्रग नाम दिएपछि शेयरको मूल्यमा गिरावट

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया