काठमाडौं ।
चेक रिपब्लिकमा रहेको फक्सवागन अन्तर्गतको अटो कम्पनी स्कोडा अटोले एक हप्ताका लागि उत्पादन बन्द गर्ने भएको छ।
चिप अभावका कारण सेप्टेम्बरको अन्तिम साता कम्पनीले कुनै उत्पादन नगर्ने मंगलबार कम्पनीका यूनियन प्रमुखले एउटा न्यूजलेटरमा लेखेका छन्।
सेमिकन्डक्टर चिपको विश्वव्यापी अभावका कारण विश्वकै उपभोक्ता तथा व्यवसायहरुले कार डेलिभरीमा ढिलाइ, होम एप्लायन्स र महंगा स्मार्टफोनको अभावजस्ता समस्या भोग्दै आइरहेका छन्।
चेक रिपब्लिकमा चिप अभावले देशको अर्थतन्त्रको मुख्य पाटोका रुपमा रहेको अटो क्षेत्रको समग्र उत्पादनलाई प्रभाव पारेको छ। स्कोडा अटोमा चिपको पर्खाइमा हजारो निर्माण पूरा हुन नसकेका कारहरु रोकिएका छन्।
स्कोडाको यूनियन प्रमुख जारोस्लाभ पोभ्सिकले उक्त न्यूजलेटरमा रद्द गरिएका शिफ्टहरु हाल योजना बनाइएको सेप्टेम्बर २७ र २८ को बिदामा मिलान गरेर देश्व्यापी बिदा मनाउने बताएका छन्।
उनले यसै प्रकारले हप्ताभर नृ उत्पादन बन्द रहने र यसको मुख्य कारण निरन्तर भइरहेको चिप अभाव रहेको बताए।
प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार