किशोर किशोरीमा चिन्ता र डिप्रेशनको कारक इन्स्टाग्राम: अध्ययन

  • Technology Khabar | ३१ भाद्र २०७८, बिहीबार
किशोर किशोरीमा चिन्ता र डिप्रेशनको कारक इन्स्टाग्राम: अध्ययन

काठमाडौं ।

इन्स्टाग्राममाथि किशोर किशोरीमा सामाजिक सञ्जालको प्रभावबारे गरिएको आन्तरिक अनुसन्धान गोप्य राखेको आरोप लागेको छ।

वालस्ट्रीट जर्नलका अनुसार इन्स्टाग्रामले गरेको अध्ययनले किशोर किशोरी आफूहरुको चिन्ता र डिप्रेसन बढाउनमा इन्स्टाग्रामको भूमिका रहेको आरोप लगाएका पाइएको छ।

विभिन्न अभियान समूह तथा सभासदहरुले यो रिपोर्टको निष्कर्ष इन्स्टाग्रामको माउ कम्पनी फेसबुकले नाफालाई बढी प्राथमिकता दिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण रहेको बताएका छन्।

वालस्ट्रीटको रिपोर्टमा यी बुँदाहरु रहेका छन्:

  • सन् २०१९ को स्लाइडमा भनिएको छ: हामी ३ मध्ये १ किशोरीको बडी-इमेजको समस्यालाई अझ बढाउँछै।
  • अर्को स्लाइडमा किशोरीहरुले इन्स्टाग्रामलाई आफ्नो चिन्ता र डिप्रेशन बढाएको आरोप लागएका थिए।
  • सन् २०२० मा भएको एउटा अनुसन्धानमा ३२ प्रतिशत किशोरीहरुले आफूहरु आफ्नो शरीर ‍नराम्रो लाग्ने र इन्स्टाग्रामले त्यसलाइ अझै नराम्रो बनाएको बताएका थिए
  • बेलायतका १३ प्रतिशत किशोरीहरु तथा ६ प्रतिशत अमेरिकी यूजरहरुले इन्स्टाग्राममा आफूलाई हेर्दा आत्महत्याको भावना जागृत भएको बताएका थिए
  • इन्स्टाग्रामले थुप्रैं फोकस ग्रुप, अनलाइन सर्भे तथा डायरी अध्ययन विधिमार्फत् बर्सोसम्म अनुसन्धान गरेको थियो।
  • यसै वर्ष इन्स्टाग्रामले दशो हजार उत्तरदातासमक्ष उनीहरुले इन्स्टाग्राममा बिताउने समयका बारेमा ठूलो अनुसन्धान गरेर त्यसलाई आफूसँग भएका डाटासँग भिडाएको थियो।

वालस्ट्रीट जर्नलको यो रिपोर्टको जवाफमा इन्स्टाग्रामले एउटा लामो ब्लग लेखेर आफ्नो अनुसन्धानको बचाउ गरेको छ।

ब्लगमा वालस्ट्रीट जर्नलको समाचारले सीमित नतिजाहरुलाई मात्र समेटेको र नकारात्मक रुपमा प्रचार गर्न खोजेको इन्स्टाग्रामले आरोप लगाएको छ। तर उसका अनुसार यो विषय सोचेभन्दा निकै नै जटिल रहेको छ।

प्रकाशित: ३१ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • ३१ भाद्र २०७८, बिहीबार