काठमाडौं ।
माइक्रोसफ्ट कर्पोरेशनले मंगलबार ६० अर्ब डलरसम्मको शेयर बाइब्याक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
आफ्नो शेयर पुन खरिदका साथै कम्पनीले यसको त्रैमासिक लाभांश ११ प्रतिशत बढाउने र कम्पनीका अध्यक्ष ब्राड स्मिथलाई उपाध्यक्ष नियुक्त गर्ने बताएको छ।
माइक्रोसफ्टले बाइब्याक कार्यक्रमको कुनै समाप्ति मिति नभएको बताएको छ र जुनसुकै बेला समाप्त हुन सक्छ। यसैगरी यसले प्रति शेयर ०.६२ को लाभांश दिने जानकारी दिएको छ।
माइक्रोसफ्टले वेबसाइटकाअनुसार अमेरिकी टेक्नोलोजी जायन्टले स्मिथको लागी एक कार्यकारी भूमिका पनि दिएको छ जसले हाल ५४ देशहरुमा १,५०० कर्मचारीहरुको एक टीमको नेतृत्व गर्दछ।
‘स्मिथले प्रमुख कार्यकारी अधिकारी सत्य नाडेलालाई रिपोर्ट गर्न जारी राख्नेछन्,’ माइक्रोसफ्टले भन्यो।
प्रकाशित: ३० भाद्र २०७८, बुधबार