रियलमीले भारतमा फोरके गुगल टीभी स्टिक स्ट्रिमिङ डिभाइस सार्वजनिक गर्ने

  • Technology Khabar | ३० भाद्र २०७८, बुधबार
रियलमीले भारतमा फोरके गुगल टीभी स्टिक स्ट्रिमिङ डिभाइस सार्वजनिक गर्ने

काठमाडौं ।

चिनियाँ स्मार्ट डिभाइस कम्पनी रियलमी फोरके गुगल टीभी स्टिक छिट्टै बजारमा ल्याउने भएको छ।

कम्पनीले यो डिभाइस भारतमा फ्लिपकार्ट बिग बिलियन डेज सेल २०२१ का बेला सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ।

ई-कमर्स साइट फ्लिफकार्टले यो इभेन्टको मिति तोकिसकेको छैन तर उक्त इभेन्टका बारेमा टिजरहरु निकाल्न थालिसकेको छ। कम्पनीले उक्त इभेन्टमा उपलब्ध हुने केही सामानका प्रिभ्यू पनि राखेको छ।

रियलमी फोरके गुगल टीभी स्टिकका बारेमा शुरुमा टिप्स्टर मुकुल शर्माले फ्लिपकार्टकको प्रचार सामग्रीमा देखेर ट्विटरमा पोस्ट गरेका थिए।

फ्लिपकार्टको टिजरमा यो स्ट्रिमिङ डिभाइस कालो रंगमा उपलब्ध हुने देखाइएको छ।

रियलमी फोरके गुगल टीभी स्टिकको मूल्य कति निर्धारण हुनेछ भन्ने यकिन भइसकेको छैन। यदि यो प्रिमियम डिभाइसका रुपमा आएमा हाल बजारमा भारु ६,४९९ मा उपलब्ध भइरहेको अमेजन फायर टीभी स्टिक फोरके म्याक्ससँग प्रतिस्पर्धा गर्ने आकलन गरिएको छ।

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...