निन्टेन्डो स्विच लाइनअपमा अपडेट, ब्लूटूथ अडियो इनेबल हुने

  • Technology Khabar | ३० भाद्र २०७८, बुधबार
निन्टेन्डो स्विच लाइनअपमा अपडेट, ब्लूटूथ अडियो इनेबल हुने

काठमाडौं ।

निन्टेन्डोले आफ्ना दुई गेमिङ कन्सोल निन्टेन्डो स्विच र निन्टेन्डो लाइटमा धेरै आग्रह गरिएको फिचर ओटीएमार्फत् थप गरेको छ।

गत मंगलबार कम्पनीले ब्लूटूथ अडियो फिचर ओटीए अपडेटमार्फत् उपलब्ध गराएको हो।

करिब ४ वर्षअघि सार्वजनिक गरिएका यी कन्सोलहरुमा अप ओटीए अपडेट पछि ब्लूटूथ अडियो स्ट्रिमिङ गर्न सकिनेछ।

अपडेटपछि स्विचको सेटिङ्समा ब्लूटूथ मेनु थपिनेछ जसमार्फत् अडियो स्ट्रिमिङ डिभाइस कनेक्ट गर्न सकिन्छ।

स्विचमा यो फिचर पहिलेदेखि नै भए पनि यसलाई अहिले उपलब्ध गराउनु उपयुक्त रहेको कम्पनीको बुझाइ छ।

आफ्नो नयाँ सपोर्ट पेजमा कम्पनीले कन्सोलमा एक पालैपालो २ ओटा ब्लूटूथ अडियो डिभाइसमात्र कनेक्ट गर्न सकिने उल्लेख गरिएको छ।

यसबाहेक एक पटकमा एउटा मात्र ब्लूटूथ डिभाइस कनेक्ट गर्न सकिने तथा स्विचमा १० ओटासम्म डिभाइस सेभ गर्न सकिनेछ।

ब्लूटूथ अडियो फिचरमा ब्लूटूथ माइक्रोफोन भने समावेश हुने छैन भने ब्लूटूथ डिभाइसको गुणस्तरअनुसार अडियोमा लेटेन्सी आउन सक्छ।

प्रकाशित: ३० भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...