अश्लील तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरी चरित्रहत्या गर्ने पक्राउ

  • Technology Khabar | २९ भाद्र २०७८, मंगलवार
अश्लील तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरी चरित्रहत्या गर्ने पक्राउ

काठमाडौं ।

प्रेमिकाको अश्लील तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा बैतेश्वरका २३ वर्षीय सुजन जिरेल पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, प्रेमसम्बन्ध सुरुवातका  क्रममा प्रेमी–प्रेमिकाबीच भएका अन्तरङ्ग तथा गोप्य तस्बिर र भिडियो अभियुक्त जिरेलले सार्वजनिक गरेका हुन् ।

दुई जनाबीच मनमुटाव बढेपछि अभियुक्त जिरेलले प्रेमिकाको मोबाइल नै खोसेर फेसबुक र इन्स्टाग्रामबाट उक्त तस्बिर तथा भिडियो सार्वजनिक गरेको महाशाखा प्रवक्ता  कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

अभियुक्तलाई काभ्रे पाँचखालबाट पक्राउ गरी साइबर अपराधअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर  काठमाडौँमा बुझाइएको महाशाखाले जनाएको छ।

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार