केबुल टिभी र इन्टरनेट सेवाको तार असोज १५ देखि हटाईदिने विद्युत प्राधिकरणको चेतावनी

  • Technology Khabar | २९ भाद्र २०७८, मंगलवार
केबुल टिभी र इन्टरनेट सेवाको तार असोज १५ देखि हटाईदिने विद्युत प्राधिकरणको चेतावनी
रामशाह पथमा रहेका इन्टरनेट तथा केबल सेवाका तारहरु। फाइल तस्बिर

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले असोज १५ गतेदेखि विद्युतका पोलमा जडान गरिएका केबुल टिभी तथा इन्टरनेट सेवाको तार हटाउने भएकोछ।

प्राधिकरणले हालै सूचना प्रकाशित गर्दै अनधिकृतरुपमा सेवा बिस्तार गरिरहेका सेवा प्रदायकहरुको तार तथा उपकरणहरु हटाईदिने भएको हो।

प्राधिकरणले यसअघि नै सम्झौता नगर्ने त्यस्ता सेवा प्रदायकहरुले विद्युतको पोल प्रयोगमा रोक लगाएको जानकारी दिँदै त्यसले प्राधिकरणको आम्दानीमा प्रत्यक्ष असर परेको उल्लेख गरेको छ।

प्राधिकरणले आम उपभोक्ताहरु तथा सेवा प्रदायकहरुलाई त्यसबारेमा जानकारी दिँदै सेवा प्रदायकहरुले प्राधिकरणबाट माग गरिएको जीपीएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात समेत पेश नगरी सम्झौता नबिकरण नगरेको र केहि सेवा प्रदायकहरुले परिमार्जित भाडादर भुक्तानी गर्न आनाकानी गरेको जिकिर गरेको छ।

त्यसैगरि असोज १५ गते भित्र बाँकी बक्यौता भाडा रकम भुक्तानी गर्न, सम्झौता गर्न तथा नवीकरण गर्न आउनको लागि भनेको छ।

विद्युत प्राधिकरणले यसअघि नै पटक पटक विद्युतको पोल प्रयोगकर्ता सेवा प्रदायकहरुलाई तार काटिदिने चेतावनी दिँदै आएको छ । केहि दिनअघि भरतपुर वितरण केन्द्रमार्फत सेवा प्रदायकहरुको उपकरण लैजाने र तार बिस्तार तथा मर्मतको कार्यमा समेत रोक लगाएको छ।

प्रकाशित: २९ भाद्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार