सेन्ट्रल फाईनान्सलाई भुक्तानी सेवा प्रदायकको अनुमति

  • Technology Khabar | २८ भाद्र २०७८, सोमबार
सेन्ट्रल फाईनान्सलाई भुक्तानी सेवा प्रदायकको अनुमति

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाईनान्स लिमिटेडलाई भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति प्रदान गरेको छ।

यो अनुमतिसँगै फाईनान्सले आफ्ना बचतकर्ता र ग्राहकहरुको लागि आफ्नै मोबाईल बैंकिङ्ग एप सेवा सञ्चालन गर्नेछ। ग्राहकहरुले गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट मोबाइल बैंकिङ्ग एप डाउनलोड गर्न सक्नेछ।

हाल यस संस्थाले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सीआस्वा जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको र विभिन्न शाखा कार्यालयहरुमा एटीएम मेसिन पनि संचालन गरिरहेको छ।

चुक्ता पूँजी ८८ करोड १० लाख रहेको यस संस्थाले ५ अर्ब ७४ करोड ६५ लाख ६९ हजार निक्षेप संकलन गरी ४ अर्ब ४७ करोड ५३ लाख १० हजार कर्जा प्रवाह गरेको छ।

ललितपुरको कुपण्डोलमा संस्थाको आफ्नै कर्पोरेट भवनमा केन्द्रीय कार्यालयसहित विभिन्न जिल्लामा १५ वटा शाखाबाट संस्थाले बैंकिङ्ग कारोबार सञ्चालन गरीरहेकोमा छिट्टै झापाको बिर्तामोडमा पनि नयाँ शाखा थप गर्न लागेको छ।

प्रकाशित: २८ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार