
काठमाडौं ।
गुगलले इड १२ को एन्ड्रोइड ओपनसोर्स प्रोजेक्ट भर्सन आगामी अक्टोबर ४ मा सार्वजनिक गर्ने भएको छ।
एक्स्डीएका मिशाल रहमानले साझा गरेको गुगलको आन्तरिक कागजातका आधारमा आफ्नो एन्ड्रोइड १२ को अन्तिम बिटा भर्सन गत हप्ता सार्वजनिक गरेको गुगलले अब भने एओएसपी अर्थात् एन्ड्रोइड ओपनसोर्स प्रोजेक्ट भर्सन उक्त मितिमा ल्याउने भएको हो।
The Android 12 stable update may be released on October 4, as that's when Google plans to release to AOSP. This tentative release date was also mentioned by a 3PL. pic.twitter.com/PMN802gQj0
— Mishaal Rahman (@MishaalRahman) September 12, 2021
अघिल्ला वर्षहरुमा एओएसपी र पिक्सेल फोनहरुका लागि स्टेबल भर्सन सार्वजनिक गर्ने दिन एउटै पारिन्थ्यो।
एन्ड्रोइड ११ को सोर्स कोड सेप्टेम्बर ८ २०२० मा प्रकाशित भएको थियो जुन दिन पिक्सेल फोनहरुमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम उपलब्ध गराइएको थियो।
तर एन्ड्रोइड १२ को हकमा भने अलि फरक हुने देखिएको छ।
एकपटक गुगलले एओएसपीमा सोर्स कोड प्रकाशित गरिसकेपछि सामसङ, शाओमी तथा मोटोरोलाजस्ता स्मार्टफोन निर्माता कम्पनीहरुले नयाँ एन्ड्रोइड भर्सन आफ्ना सफ्टवयर स्किनमा समावेश गर्न सक्छन्।
तर यो एओएसपी सार्वजनिक हुने मिति गुगलबाट आधिकारिक रुपमा आएको होइन। त्यसैले कम्पनीले आधिकारिक रुपमा यही मितिमा वा मिति परिवर्तन गरेर पनि इभेन्ट गर्न सक्छ।
प्रकाशित: २८ भाद्र २०७८, सोमबार