टीएसएमसीले अगस्टमा बढायो आफ्नो आम्दानी, विवरण सार्वजनिक

  • Technology Khabar | २८ भाद्र २०७८, सोमबार
टीएसएमसीले अगस्टमा बढायो आफ्नो आम्दानी, विवरण सार्वजनिक

काठमाडौं ।

ताइवान सेमिकन्डक्टर कम्पनी टीएसएमसीले अगस्ट महिनामा आफ्नो आम्दानी उल्लेख्य मात्रामा बढाएको छ।

कम्पनीले हालै अगस्ट महिनाको समग्र आम्दानी ४.९७ अर्ब डलर रहेको विवरण सार्वजनिक गरेको छ जुन अघिल्लो महिनाको तुलनामा १०.३ प्रतिशत तथा वार्षिक हिसाबले ११.८ प्रतिशतले बढी हो।

बजार विश्लेषकहरुका अनुसार यस हिसाबले हेर्दा कम्पनी आफ्नो योजना अनुरुप तेस्रो त्रैमासको प्रस्तावित आम्दानीतर्फ सफल रुपले अघि बढिरहेको देखिन्छ। यो फाउन्ड्रीबाट आईफोनका लागि उत्पादित चिपहरुको बिक्रीमा आएको बढोत्तरीका कारणबाट नै अगस्टको समग्र आम्दानीमा वृद्धि भएको विश्लेषकहरुको भनाइ छ।

टीएसमएमसीले आगामी तेस्रो त्रैमासमा १४.६ देखि १४.९ अर्ब डलर बराबरको आम्दानी प्रस्तुत गर्ने आकलन गरिएको छ जुन अघिल्लो त्रैमासको तुलनामा ११ प्रतिशतको वृद्धि हो।

कम्पनीले दोस्रो क्वार्टरमा आफ्नो आम्दानीमा १३ अर्ब ३३ करोड डल् थपेकव थियो। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.२ प्रतिशतले बढी हो।

प्रकाशित: २८ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार