खल्तीबाट आफ्नो बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

  • Technology Khabar | २७ भाद्र २०७८, आईतवार
खल्तीबाट आफ्नो बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

काठमाडौं ।

खल्ती डिजिटल वालेटले खल्तीबाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर ल्याएको छ ।

ग्राहकहरुको सल्लाह तथा सुझावलाई पहिलो प्राथमिकतामा राखि निःशुल्क पैसा पठाउन सकिने सुविधा कार्यान्वयनमा ल्याए खल्ती डिजिटल वालेटका मार्केटिङ्ग अफिसर साकार केसीले बताए ।

यस सेवा अन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा ५००० र दैनिक ३ पटक वा ५ हजारसम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्नेछन् ।

त्यसैगरी खल्तीबाट खल्तीमा उपलब्ध कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जोकोहिले ५० प्रतिशतसम्मको क्यासब्याक पाउनेछन् ।

प्रकाशित: २७ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार