एप स्टोरको नियम सहज बनाउन एप्पललाई अमेरिकी न्यायाधीशको आदेश

  • Technology Khabar | २७ भाद्र २०७८, आईतवार
एप स्टोरको नियम सहज बनाउन एप्पललाई अमेरिकी न्यायाधीशको आदेश

काठमाडौं ।

एक अमेरिकी न्यायाधीशले गत शुक्रबार एप स्टोरको नियमलाई सहज बनाउन एप्पललाई निर्देशन दिएका छन्।

उनले एप्पललाई डेभलपरहरुले आफ्ना यूजरलाई अन्य भुक्तानी प्रणाली प्रयोग गर्न दिन निर्देशन दिएका हुन्।

यो फैसलालाई फोर्टनाइट गेम निर्माता एपिक गेम्स तथा अन्य एप निर्माताहरुको एप्पलविरुद्धको आंशिक जितका रुपमा पनि हेरिएको छ।

तर ती न्यायाधीशले एप्पललाई एप निर्मातालाई आ-आफ्नै इन-एप भुक्तानी प्रणाली प्रयोग गर्न दिन भने दबाब दिएका छैनन्।

यसो गर्नका लागि एपिकले आग्रह गरेको भए पनि त्यसको निर्देशन नदिइ एप्पललाई आफ्नो इन-एप भुक्तानी प्रणालीमा भने १५ देखि ३० प्रतिशतसम्म कमिशन लिन इजाजत पनि दिएका छन्।

एपिक गेम्सले भने यो फैसलाविरुद्ध पनि पुनरावेदन गर्ने कम्पनीका सीईओ टिम स्वीनेले ट्वीटमार्फत् जानकारी दिँदै यो डेभलपर र उपभोक्ताको जित नभएको उल्लेख गरेका छन्।

प्रकाशित: २७ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • २७ भाद्र २०७८, आईतवार