खल्तीबाट सिधै विद्युत महशुल तिर्न सकिने

  • Technology Khabar | २६ भाद्र २०७८, शनिबार
खल्तीबाट सिधै विद्युत महशुल तिर्न सकिने

काठमाडौं ।

अब खल्तीबाट ५ लाख रूपैयाँसम्मको विद्युत महशुल तिर्न सकिने भएको छ । यसका लागि खल्तीले नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गरेको हो ।

सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उप(कार्यकारी निर्देशक मनोज सिलवाल र खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका थिए ।

खल्ती एप को होमपेजमा रहेको ‘इलेक्ट्रिसिटी’ आइकनमा गई सम्पूर्ण विवरण दाखिला गरिसकेपछि ‘गेट डिटेल्स’ बटनमा ट्याप गरी बिहान १० देखि मध्यरात १२ बजे सम्म सजिलै विद्युत महसुल भुक्तानी गर्न सकिने छ ।

विद्युत प्राधिकरण सँगको उक्त सहकार्यले विद्युत महशुल तिर्न काउन्टर धाईरहनु पर्ने झन्झटलाई न्युनीकरण गर्न तथा खल्तीको आधुनिक सुविधाद्वारा सेवाग्राहीको समय बचत गर्न थप योगदान पुर्याउने विश्वास रहेको खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले बताए ।

प्रकाशित: २६ भाद्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...