आइएमई अटोमोटिभ्स् एस्कर्टसको ‘बेस्ट पर्फमिङ्’ विक्रेता

  • Technology Khabar | २५ भाद्र २०७८, शुक्रबार
आइएमई अटोमोटिभ्स् एस्कर्टसको ‘बेस्ट पर्फमिङ्’ विक्रेता

काठमाडौं ।

एस्कर्टस लिमिटेड इन्डियाद्धारा आयोजित छैठौं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आइएमई अटोमोटिभ्सलाई बेस्ट पर्फमिङ् व्यापार अवार्ड प्रदान गरिएको छ ।

हालै इन्डियामा आयोजित एक विशेष कार्यक्रमवीच एस्कर्टसका प्रमुख कार्यकारी अधिकृत अजय मन्दाहरद्धारा विश्वभरिका एस्कर्टस डिरलशीप मध्ये आइएमई अटोमोटिभ्स नेपाललाई बेस्ट पर्फमिङ् बिजनेश पार्टनरको रुपमा सम्मानित गरिएको हो ।

अघिल्लो वर्षमा आइएमईले गरेको मार्केट शेयरको वृद्धि, उत्कृष्ट ग्राहक सन्तुष्टी र एस्कर्टस ब्राण्डलाई नेपालमा स्थापित गर्न ठूलो भूमिका निर्वाह गरेकोले आइएमई अटोमोटिभ्सलाई यो अवार्ड प्रदान गरिएकोे प्रमुख कार्यकारी अधिकृतले बताए ।

आइएमई अटोमोटिभ्स हेभी इक्युपमेन्ट सेग्मेन्टमा धेरै कारोबर गर्ने वितरकको रुपमा रहेको अटोमोटिभ्स्का प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले जानकारी दिए । बेस्ट पर्फमिङ् अर्वाड आइएमई अटोमोटिभ्स् टिमको मिहिनेत र कुशल कार्यक्षमताको कारण हासिल भएको पुरानिकको भनाई छ ।

आइएमई अटोमोटिभ्स्ले एस्कर्टस ब्राण्डको ब्याकोहो लोडर, हाइड्रा क्रेन, साथै कम्प्याक्टर सेगमेन्टका मेसिनहरु नेपालभरी बिक्रीबितरण गर्दै आएको छ । आफ्नो नेपालभरका ११ वटा शोरुम र शाखाहरुबाट सेल्स, सर्भिस र स्पेयर्सको सुविधा पनि दिँदै आएको कम्पनीले जनाएको छ ।

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...