नवौँ राष्ट्रिय विज्ञान दिवसका लागि नारा तय

  • Technology Khabar | २५ भाद्र २०७८, शुक्रबार
नवौँ राष्ट्रिय विज्ञान दिवसका लागि नारा तय
फाइल तस्विर

काठमाडौं ।

यस वर्षको नवौँ राष्ट्रिय विज्ञान दिवसका लागि नारा तय गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले  ‘विज्ञान तथा प्रविधिको उन्नत विकासः प्रकोप र महामारीबाट सहज निकास’ आदर्श वाक्य (नारा) तय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको निर्णयबाट उक्त नारा तय गरिएको र दिवसलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा कोभिड–१९ प्रति सचेत रही मनाउन मन्त्रालयले आग्रह गरेको छ।

यसअघि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै यस वर्षको राष्ट्रिय विज्ञान दिवसका लागि उपयुक्त कार्यक्रम र नारा पठाउन आग्रह गरेको थियो ।

आगामी असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ। २०७० देखि हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइँदै आईएको छ।

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार