सामसङ डिस्प्लेद्वारा १३ इन्चको तन्काउन मिल्ने ओएलईडी डिस्प्ले सार्वजनिक

  • Technology Khabar | २५ भाद्र २०७८, शुक्रबार
सामसङ डिस्प्लेद्वारा १३ इन्चको तन्काउन मिल्ने ओएलईडी डिस्प्ले सार्वजनिक

काठमाडौं ।

दक्षिण कोरियाली टेक जायन्ट सामसङले हालै १३ इन्चको स्ट्रेचेबल तन्काउन मिल्ने ओएलईडी डिस्प्ले सार्वजनिक गरेको छ।

यो डिस्प्ले हालै दक्षिण कोरियामा आयोजित ग्लोबल टेक कोरिया २०२१ का क्रममा प्रदार्शन गरिएको थियो।

यसअघि नै थुप्रै फोल्डेबल फोनहरु बजारमा प्रस्तुत गरिसकेको कम्पनीले अब भने १३ इन्चको साइजमा पनि यस्तै खाले सुविधा दिन लागेको हो।

एलजीले पनि हालै फोल्डेबल डिभाइसका लागि नयाँ कभर विन्डो टेक्नोलोजी र कोटिङको फिचर सार्वाजनिक गरेको छ। मोटोरोला, ह्वावे, शाओमी अनर वनप्लस ओपो तथा भिभोजस्ता अन्य चिनियाँ निर्माताहरुले पनि यो क्षेत्रमा हात हालिसकेका छन्।

अहिले नयाँ प्रविधिका रुपमा देखिएको फोल्डेबल डिस्प्ले केही समयपछि सामान्य हुने आकलन गरिएको छ भने सामसङको १३ इन्च स्ट्रेचेबल लगायत थुप्रै नयाँ प्रविधियुक्त पार्टपुर्जाहरु निर्माण हुँदै जानेछन्।

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार