काठमाडौं ।
नेपाल बैंकको सेवाहरु आज र भोली बन्द हुने भएका छन् । बैंकले आफ्नो सफ्टवेयर सिस्टममा भएका डाटाहरु माइग्रेट गर्नका लागि आज राती १२ बजेदेखि भोली दिउँसोसम्म सेवा बन्द हुने भएको हो ।
नेपाल बैंकले सूचना प्रकाशित गर्दै डाटा सेन्टर माइग्रेसनको कार्य गर्न लागेको जानकारी दिएको छ।
बैंकका अनुसार आज राती १२ बजेदेखि भोली दिउँसो ३ बजेसम्म मोबाइल बैंकिङ्ग, कोर बैकिङ्ग, एटिएम सेवा, इन्टरनेट बैकिङ्ग र अन्य सम्पूर्ण बैकिङ्ग सेवाहरु बन्द हुने जानकारी दिएको छ।
प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार