ट्राभल र हस्पिटालिटीसम्बन्धी उत्पादन विकासका लागि माइक्रोसफ्टले ओयोमा लगानी गर्ने

  • Technology Khabar | २४ भाद्र २०७८, बिहीबार
ट्राभल र हस्पिटालिटीसम्बन्धी उत्पादन विकासका लागि माइक्रोसफ्टले ओयोमा लगानी गर्ने

काठमाडौं ।

प्रविधि कम्पनी माइक्रोसफ्टले भारतको स्टार्टअप कम्पनी ओयोसँग नेक्स्ट जेनेरेशन ट्राभल तथा हस्पिटालिटी उत्पादनको विकासका लागि बहुवर्षीय रणनीतिक साझेदारी गर्ने भएको छ।

मंगलबार गरिएको घोषणा अनुसार माइक्रोसफ्टले रकम नखुलाई ओयोको शेयर खरिद गरेर रणनीतिक लगानी गरेको पुष्टि गरेको हो।

गत महिना एक नियामक संस्थामा दर्ता भए अनुसार माइक्रोसफ्टले भारतीय स्टार्टअप कम्पनीमा ५० लाख डलर लगानी गर्न लागेको उल्लेख थियो। उक्त लगानीले गर्दा ओयोको सम्पत्ति ९ अर्ब ६० करोड मूल्यांकन गरिएको थियो।

ओयोले क्लाउडमा आधारित आवश्यकता तथा साना तथा मझ्योला होटल चलाउनेहरुको फाइदाका लागि माइक्रोसफ्टसँग मिलेर गर्ने सह-विकासका लागि माइक्रोसफ्ट अजुरमा जाने कम्पनीको भनाइ छ।

यसबारेमा उसले भनेको छ, ‘ओयोले साझेदारीको हिस्सा अनुरुप आफ्ना प्लेटफर्ममा यात्रुहरुका लागि कस्टमाइज्ड रुम एक्सपेरियन्सक प्रदान गर्नका लागि स्मार्ट रुमको विकास गर्नेछ। माइक्रोसफ्टको अजुर आईओटी प्रयोग गरेर इन-आउटको डिजिटल रजिस्टरमार्फत् सेल्फ चेक इन, केवाइसी संकलन तथा आईओटीमा आधारित स्मार्ट लक तथा भर्चुअल असिस्टेन्सको व्यवस्था गरिनेछ।’

यसै सम्बन्धमा माइक्रोसफ्ट इन्डियाका अध्यक्ष अनन्त माहेश्वरीले भने, ‘ओयो निर्मित प्राविधिक उत्पादनमा अजुरको क्षमता मिलाएर हामी ट्राभल र हस्पिटालिटी क्षेत्रलाई गति दिने प्रयासमा छाैं। माइक्रोसफ्ट क्लाउडले ओयोजस्ता डिजिटल संस्थाहरुलाई उद्योगको स्वरुप परिवर्तन तथा नवप्रवर्तन गर्ने तथा महामारीपछिको चुनोतीलाई अवसरमा बदल्नका लागि सहयोग गरिरहेको हेर्न पाउनु निकै प्रोत्साहन दिने खालको छ।’

नेपालमा पनि भारतीय कम्पनी ओयोले सेवा बिस्तार गरेर काम गर्दै आएको छ । तर कोभिड १९ महामारीले गर्दा नेपालको पर्यटन क्षेत्र समस्यामा परेसँगै ओयोको व्यापार समेत समस्यामा रहेको छ ।

प्रकाशित: २४ भाद्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...