माइक्रोसफ्ट पीसी, मोबाइल फोनमा निजीकृत समाचारको लागी स्टार्ट एप सार्वजनिक

  • Technology Khabar | २३ भाद्र २०७८, बुधबार
माइक्रोसफ्ट पीसी, मोबाइल फोनमा निजीकृत समाचारको लागी स्टार्ट एप सार्वजनिक

काठमाडौं ।

माइक्रोसफ्टले ‘स्टार्ट’ एउटा एप ल्याएको छ जसले प्रयोगकर्ताको लागि सबै समाचार फीड र सूचना प्राथमिकताहरु एकै ठाउँमा भेला गर्न सक्दछ।

नयाँ माइक्रोसफ्ट स्टार्ट एपले पीसी र मोबाइल फोनमा एआई र मेशिन लर्निङ्ग, साथै मानव संयम जस्ता नयाँ टेक्नोलोजीको उपयोगद्धारा निजीकृत सामग्रीहरुलाई सुव्यवस्थित गर्दछ।

माईक्रोसफ्टको ‘स्टार्ट’ लाई वेब, आईओएस, एन्ड्रोईड एप र माईक्रोसफ्ट एजको नयाँ ट्याबाट प्रयोग गर्न सकिने छ । यसमा प्रयोगकर्ताको इच्छाअनुसार विभिन्न जानकारीहरु दिइएको हुन्छ।

यस फिचरले विश्वभरिको एक हजार भन्दा बढी प्रकाशकहरुबाट समाचार संकलन र प्रसारण गर्ने कम्पनीले जानकारी दिएको छ। प्रयोगकर्ताले जति स्टार्ट प्रयोग गरेर आफ्नो इच्छाको विषयहरु बताउँदै जान्छन् त्यतिनै न्यूज फिड निजीकृत हुँदै जानेछ। फिडलाई अझै राम्रो बनाउँदै जान पर्सनलाइज बटन पनि थिच्न सकिने छ ।

स्टार्टमा विशेषगरी मौसम, ट्राफिक, खेलकुद र अर्थशास्त्रको जानकारी दिइनेछ। स्टार्टले यसअघिको माईक्रोसफ्ट समाचारलाई प्रतिस्थापित गरेको हो ।

यसका साथै माईक्रोसफ्ट समाचार एपको आईकन र नाम पनि परिवर्तन गरिएको छ । एजेन्सी

प्रकाशित: २३ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार