
काठमाडौं ।
के पप फ्यानहरुको एउटा समूह हालै चीनमा सेलिब्रिटी कल्चरप्रतिको कडाइका शिकार भएका छन्।
चिनियाँ सामाजिक सञ्जाल सिना वेबोले स्टारहरुका पछाडि दोडने अविवेकी व्यवहार’ को नाम दिँदै हालै के-पप का २२ जना फ्यानका एकाउन्ट बन्द गरिदिएको हो।
एकाउन्ट बन्द हुनेमा कोरियाली पप ब्यान्ड बीटीएसका फ्यानहरु बढी रहेका छन्। उनीलरुदे के-पप का गायक पार्क जी-मिनको २६ औं जन्मदिनमा क्राउन्डफन्डिङमार्फत् एउटा विमानलाई कस्टमाइज गरेका थिए।
A closer view of Jimin plane.
cr. ins:seungjun_oh_7
???? https://t.co/V1n7D1sFLR pic.twitter.com/G8ApboNfck— PARKJIMINBAR???? (@JIMINBAR_CHINA) September 4, 2021
वेबोले तीमध्ये एक फ्यानको एकाउन्टलाई ‘गैर कानूनी रुपमा रकम संकलन गरेको’ आरोप समेत लगाएको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै आफूले यस्ता कलाकारहरुको पछि दोडने अविवेकी गतिविधिको विरोध गर्ने र यसका विरुद्ध कडारुपमा प्रस्तुत हुने उल्लेख गरेको छ।
यसबाहेक कम्पनीले आफ्ना प्लेटफर्ममा हुने अनलाइन छलफललाई शुद्धीकरण गर्न तथा समुदायसँग सम्बन्धित नियम लागू गर्न पनि आग्रह गरेको छ।
बीटीएसका एकाउन्टहरु ६० दिनका लागि सस्पेन्ड गरिएका छन्। त्यसबाहेकका चिनियाँ सदस्यहरु रहेका ब्ल्याकपिंक, जीओटी७ तथा ईएक्सओका एकाउन्टहरु भने ३० दिनका लागि सस्पेन्ड गरिएको बीबीसीले जनाएको छ।
प्रकाशित: २३ भाद्र २०७८, बुधबार