
काठमाडौं ।
फेसबुकले आफूहरुले यूजरको ह्वाट्सएप मेसेज नहेर्ने भन्छ भने तपाईँ पत्याउनुहुन्छ होला। विश्वका अर्बाैं यूजरको मेसेज पढ्न सम्भव नहुने भएकाले कम्पनीले सही नै भन्यो होला भनेर एउटा सामान्य यूजरले आकलन गर्नु स्वाभाविकै हो।
तर यो तथ्य सरासर गलत रहेको र ह्वाट्सएपमा रहेका गोप्य मेसेजहरु पनि फेसबुकले पढ्ने र यसका लागि विश्वभर १ हजारभन्दा बढी कर्मचारी पनि राखेको खुलासा भएको छ।
यी कर्मचारी कम्पनीले करारका रुपमा राखेको र यिनीहरुको काम ह्वाट्सएपका मेसेज पढेर कम्पनीलाई समीक्षा रिपोर्ट बुझाउने हो।
यो दावी हालै खोजी पत्रकारिताको लागि अमेरिकाको सम्मानित पुलित्जर पुरस्कार पाएको गैर नाफामूलक न्यूजरूम प्रोपब्लिकाले गरेको हो। प्रोपब्लिकाको ट्टलाई हालै भारतको भुक्तानी सेवा प्रदायक पेटीएमका संस्थापक विजय शेखर शर्माले पनि रिट्वीट गरेका थिए।
Imagine !!!!
???????????????? https://t.co/NJPv4qP4HA— Vijay Shekhar Sharma (@vijayshekhar) September 7, 2021
कसरी पढ्न सम्भव हुन्छ करोडाैं मेसेज
प्रोपब्लिकाका अनुसार तपाईँ हाम्रो ह्वाट्सएप मेसेजमाथि नजर राख्नका लागि फेसबुकले अस्टिन, टेक्सस, डब्लिन तथा सिंगापुरमा रहेका आफ्ना कार्यालयमा कर्मचारीहरु राखेको छ।
यी कर्मचारीहरुले फेसबुकका पेशेवर विशेष सफ्टवेयरमार्फत् दैनिक लाखाैं यूजरका प्राइभेट मेसेज, फोटो तथा भिडियो हेर्ने र आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमका माध्यमबाट तिनीहरको स्क्रीनिङ गर्छन्।
बाल याैन दुराचार तथा आतंकवादी षड्यन्त्रको दावीमा पनि क्षणभरमै फैसला
ह्वाट्सएपका यूजरले अनुपयुक्त वा अश्लील भएको भन्दै रिपोर्ट गरेका मेसेज तथा कन्टेन्टलाई पनि यी कर्मचारीले गलच, स्पाम, बाल योन दुराचार तथा आतंकवादी षड्यन्त्रमध्ये परेका छन् या छैनन् र आफ्ना कम्युनिटी गाइडलाइनको उल्लङ्घन गरेका छन् कि छैनन् भन्ने कुरा केही समयमै जाँच पड्ताल गरेर निर्णय गर्ने क्षमता राख्छन्।
यो गतिविधिले फेसबुकका सीईओ मार्क जुकरबर्गले सन् २०१८ मा सिनेटमा दिएको बयान सरासर झूट रहेको पुष्टि गर्छ।
उनले सिनेटमा ह्वाट्सएपले गोपनीयताको हकलाई कायम राख्दै यूजरका मेसेज पढ्ने नगरेको बताएका थिए। उनका अनुसार यी मेसेजहरु इन्ड-टू-इन्ट इन्क्रिप्शन सहितका हुने भएकाले एक पटक पठाए पछि बीचमा कसैले हेर्न नसक्ने दावी गरेका थिए।
दुरुपयोग गर्नेको पहिचानका लागि मेसेज पढिने
फेसबुकका सीईओ मार्क जुकरबर्गका अनुसार ह्वाट्सएपको मेसेज यति सुरक्षित हुन्छन् कि ती मेसेजहरु कम्पनीले पनि हेर्न सक्दैन। उनले सन् २०१९ को फेसबुकको गोपनीयता सम्बन्धमा केन्द्रित कार्यक्रममा आफूले ह्वाट्सएपको यो फिचर फेसबुक तथा इन्स्टाग्राममा पनि विस्तार गर्न मन लागेको बताएका थिए।
ह्वाट्सएपका सञ्चार निर्देशक कार्ल वूगले मेसेज पढ्ने कर्मचारीको टोलीले ह्वाट्सएपको सेवा तथा उत्पादनको दुरुपयोग गर्नेहरुको पहिचाका लागि गोप्य मेसेजहरु गरेको जानकारी दिए।
एजेन्सीका साथमा
प्रकाशित: २३ भाद्र २०७८, बुधबार