एप्पलको नयाँ आईफोन र अन्य डिभाइसहरु सेप्टेम्बर १४ मा आउने, आधिकारीक कार्यक्रमको घोषणा

  • Technology Khabar | २३ भाद्र २०७८, बुधबार
एप्पलको नयाँ आईफोन र अन्य डिभाइसहरु सेप्टेम्बर १४ मा आउने, आधिकारीक कार्यक्रमको घोषणा

काठमाडौं ।

एप्पलले आधिकारिक रूपमा यसको अत्यधिक प्रत्याशित आईफोन १३ र एप्पल वाच सीरीज कार्यक्रमको मिति तय गरेको छ । कम्पनीले नयाँ आईफोन सेप्टेम्बर १४ मा लन्च गर्ने पुष्टि गरिसकेको छ।

यो कार्यक्रम पूरै भर्चुअल र एप्पल पार्कबाट स्ट्रिम हुनेछ। एप्पलले सेप्टेम्बरको कार्यक्रमलाई “क्यालिफोर्निया स्ट्रिमिङ्ग” नामको ट्यागलाइनको साथ टिज गर्दैछ।

एप्पलको सेप्टेम्बर १४ कार्यक्रम बिहान १० बजे अमेरिकी समयमा आयोजित हुनेछ। नेपालमा भने राती १०:४५ बजे कार्यक्रम शुरु हुनेछ। कोभिड १९ महामारीको कारण एप्पलले आफ्नो वार्षिक सेप्टेम्बर कार्यक्रम लगभग पूर्ण रूपमा भर्चुअल आयोजना गरेको यो लगातार दोस्रो बर्ष हो।

सेप्टेम्बर १४ को कार्यक्रम एप्पलको वेबसाइट, कम्पनीको यूट्यूब च्यानल, र आईफोन, आईप्याड, म्याक, र एप्पल टिभीमा एप्पल टिभी एप्लिकेसनको माध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछ।

सेप्टेम्बर १४ को कार्यक्रममा कम्पनीले आईफोन १३ सिरिज प्रमुखरुपमा लन्च गर्नेछ भने एप्पल वाच सिरिज ७ पनि घोषणा गर्नेछ । यसका साथै नयाँ एयरपड्स नयाँ आईप्याड मिनी र इन्ट्रि लेभलको आईप्याड ल्याउने सम्भावना रहेको छ।

कम्पनीले सोही इभेन्टमा आफ्ना नयाँ अपरेटिङ्ग सिस्टमहरु कहिले उपलब्ध हुनेछन भनेर घोषणा गर्नेछ।

प्रकाशित: २३ भाद्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...