
काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावेले हालै एउटा नयाँ पेटेन्ट दर्ता गरेको छ। यो पेटेन्ट रोलेबल डिस्प्ले तथा एयर जेस्चर कन्ट्रोलसहितको रहेको बताइएको छ।
लेट्सगोडिजिटलको एउटा रिपोर्ट अनुसार कम्पनीले वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेशन डब्लूआईपीओमा यस प्रकारको पेटेन्ट दर्ता गराएका हुन्।
हालको पेटेन्टले रोलेबल स्क्रीन कसरी भित्र र बाहिर रोल हुन्छ भन्ने व्याख्या गर्ने बुझिएको छ। यो पेटेन्टमा यूजरले स्पर्श तथा जेस्चर अर्थात् हाउभाउका माध्यमबाट स्क्रीनलाई रोल गर्न सक्ने तरिकालाई बढी जोड दिइएको बुझिएको छ।
कम्पनीले यो तरिकालाई ‘फ्रीह्यान्ड जेस्च् कन्ट्रोल’ भन्ने नाम दिएको छ।
यो बढाउन मिल्ने डिस्प्लेलाई नियन्त्रण गर्नका लागि स्क्रीनमा एउटा भर्चुअल स्लाइडर उपलब्ध हुन्छ जसका माध्यमबाट यूजरले स्क्रीन रोल इन र आउट गर्न सक्छन्।
यो प्रणालीमा ह्याप्टिक फीडब्याक सिस्टम तथा साउन्ड इफेक्ट पनि संयोजन गरिनेछन्। यसबाहेक रोलेबल स्मार्टफोनले फ्रीह्यान्ड जेस्चर कन्ट्रोल सपोर्ट गर्नका लागि क्यामरा तथा मोशन सेन्सरको प्रयोग हुने गिज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २२ भाद्र २०७८, मंगलवार