
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आधिकारीकरुपमा आफ्नो फेसबुक पेज सञ्चालनमा ल्याएको छ ।
सूचना तथा जानकारी व्यवस्थित, सहज र पारदर्शी ढंगले सम्प्रेषण गर्ने उद्देश्यसहित जारी गरेको सञ्चार नीतिअन्तरगत फेसबुक पेज सञ्चालनमा ल्याएको हो।
नयाँ फेसबुक एकाउन्टबाट राष्ट्र बैंकले आफ्ना आधिकारीक जानकारीहरु शेयर गर्ने जानकारी दिएको छ । सो पेज एकाउन्ट ३ सेप्टेम्बर २०२१ मा खुलेको हो र हालसम्म त्यसमा ६०० सय भन्दा धेरै फलोअर छन् ।
यसअघि नै केन्द्रिय बैंकले ट्विटर ह्याण्डल सञ्चालनमा ल्याईसकेको छ ।
प्रकाशित: २१ भाद्र २०७८, सोमबार