हुन्डाइ र सिंगापुरको विश्वविद्यालयले साझेदारीमा विद्युतीय गाडीसम्बन्धी अनुसन्धान परियोजना चलाउने

  • Technology Khabar | २१ भाद्र २०७८, सोमबार
हुन्डाइ र सिंगापुरको विश्वविद्यालयले साझेदारीमा विद्युतीय गाडीसम्बन्धी अनुसन्धान परियोजना चलाउने

काठमाडौं ।

सिंगापुरको नानयाङ टेक्नोलोजिकल यूनिभर्सिटी एनटीयू तथा दक्षिण कोरियाली कार निर्माता कम्पनी होन्डाइ मोटोकर्पबीच हालै एक सम्झाैतामा हस्ताक्षर भएको छ।

उक्त सम्झाैता अनुसार विद्युतीय सवारी उत्पादन तथा भविष्यको मोबिलिटी प्रविधिसँग सम्बन्धित ४ ओटा अनुसन्धान परियोजनाहरु आयोजना हुनेछन्।

यी परियोजनाहरु मुख्य गरी भविष्यमा सवारीहरुमा एआई तथा एडिटिभ म्यानुफ्याक्चरिङ टेक्नोलोजी सम्बन्धमा केन्द्रित रहने बताइएको छ।

यो अनुसन्धानको पहल कदमी नेक्स्ट जेनेरेशन कार निर्माणका लागि मार्गप्रशस्त गर्ने हिसाबले एप्लिकेशनहरु विकास गर्नका लागि लिइएको एनटीयूले बिहीबार जानकारी दिएको छ।

यीमध्ये एउटा परियोजनाले ब्याट्रीयुक्त विद्युतीय सवारीको गुणस्तर मापनका लागि सवारीको फोटो प्रोसेसिङ गर्न मेशिन लर्निङ अल्गोरिदमको विकास गर्नेछ।

निर्माण प्लान्टमा लगाइएको एआईयुक्त इमेज प्रोसेसिङ सेन्सरले उत्पदित विद्युतीय सवारीको गुणस्तर सही रहोस् भन्ने उद्देश्यले सम्पूर्ण निर्माण प्रक्रियामा निगरानी गरेर गल्तीहरु पत्ता लगाउने एनटीयूले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार