ब्यांक्सीको एनएफटी घटनाअघि दिएइको थियो वेबसाइटमा सुरक्षा खतरा रहेको चेतावनी

  • Technology Khabar | २१ भाद्र २०७८, सोमबार
ब्यांक्सीको एनएफटी घटनाअघि दिएइको थियो वेबसाइटमा सुरक्षा खतरा रहेको चेतावनी

काठमाडौं ।

केही समयअघि भएको कलाकार ब्यांक्सीको एनएफटी प्रकरणको एक हप्ताअघि नै उक्त साइटमा सुरक्षा जोखिम रहेको चेतावनी दिइएको बताइएको छ।

उनको कलाकृतिलाई एनएफटीका रुपमा कसैले राखेको र त्यसमार्फत ३ लाख ३६ हजार डलर कमाएको थियो। पछि उक्त ह्याकरले त्यो एनएफटी किन्ने व्यक्तिको सबै रकम फिर्ता गरिदिएको र २५०० डलर भने शुल्कका रुपमा लिएको बताइएको थियो।

सम्बन्धित समाचार

झूटो एनएफटी ३९ करोड रुपैयाँमा बिक्री, ह्याक भएको आशंका

उक्त अक्शनमा बेलायतका एक संकलकले अन्य व्यक्तिभन्दा ९० प्रतिशत बढी बोलकबफल गरेर एनएफटी किनेका थिए।

यसबारेमा अमेरिकाका पेशेवर इथिकल ह्याकर तथा सुरक्षा कन्सल्टेन्सी प्यालिसेडका संस्थापक साम कर्रीले आफूले १ महिना अघि उक्त साइटमा सुरक्षा कमजोरी छ भन्ने सामाजिक सञ्जाल डिस्कर्डमार्फत् सुनेको बताए।

यो पन‍ि पढ्नुहोस्

के हो नन फंगिबल टोकन-एनएफटी?

प्रकाशित: २१ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...